"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमुजुरको वासस्थान व्यवस्थापन

No data was found

Khabar Raftar

भदौ २२ कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा दुर्लभ खरमुजुर बेङ्गाल फ्लोरिकनको वासस्थान व्यवस्थापन गरिएको छ । लोपोन्मुख खरमुजुरको संरक्षण गर्ने उद्देश्यले कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित विभिन्न सामुदायिक वनमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको हो । त्यसलाई संरक्षण पनि गर्ने जनाइएको छ । युएसआइडी जल, जङ्गल बायोडाइभर्सिटी परियोजनाको आर्थिक सहयोगमा निकुञ्ज कार्यालय र नेपाल पन्छाी संरक्षण सङ्घ बिसिएनले खरमुजुरको वासस्थान व्यवस्थापन गरेका हुन ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’ मा रहेको घाँसे मैदान र निकुञ्ज बाहिरका सामुदायिक वन गरी १ सय ५० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन भएको बिसिएनका फिल्ड अधिकृत हिरूलाल डङ्गौराले जानकारी गराए । निकुञ्ज कोर एरियाको घाँसे मैदानमा ५० हेक्टरमा वासस्थान व्यवस्थापन गरिएको छ । त्यसै गरी बेलडाँडी गाउँपालिका वडा नम्बर–४ र ५ मा पर्ने किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि ५० हेक्टरमै वासस्थान व्यवस्थापन गरिएको छ ।

त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर–५ मा रहेको उल्डनपुर सामुदायिक वन क्षेत्रमा २० हेक्टर, लालझाडी गाउँपालिका वडा नम्बर–३ मा रहेको सिद्धनाथ वनवाटिका सामुदायिक वनमा ३० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको छ । खरमुजुरलाई आहार विहार गर्न, लुक्न सहज हुने गरी घाँस काँटछाँट गरेर वासस्थान व्यवस्थापन गरिएको पन्क्षीविद् समेत रहेका डङ्गौराले बताए ।

२०२४ मा गरिएको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरेर पाँच वटा खरमुजुर अभिलेख भएका छन । चार वटा शुक्लाफाँटा घाँसे मैदानमा र एउटा पोथी खरमुजुर किसान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा भेटिएको थियो । पाँचमध्ये तीन भाले र दुई पोथी खरमुजुर रहेको जनाइएको छ । गत वर्ष पनि निकुञ्ज क्षेत्रमा पाँच वटा खरमुजुर अभिलेख भएका थिए । यसघि २०१४ मा निकुञ्जमा भेटिएको खरमुजुरमा ‘स्याटेलाइट ट्याग’ जडान गरेर अनुगमन गरिएको थियो । त्यो खरमुजुर निकुञ्ज क्षेत्रभन्दा करिब ५० किलोमिटर टाढा पुनर्बास नगरपालिकाको दोदा नदी क्षेत्रमा पुगेको देखिएको थियो । ‘

ननब्रिडिङ सिजन’ मा खरमुजुर निकुञ्ज क्षेत्रभन्दा बाहिर समेत पुगेको देखिएकाले निकुञ्ज सहित मध्यवर्ती क्षेत्र र अन्य सामुदायिक वन क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको जनाइएको छ । यस कार्यका लागि निकुञ्जका कर्मचारीलाई तालिम दिइएको थियो । त्यसैगरी भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकावासीलाई सामुदायिक खरमुजुर संरक्षण तालिम प्रदान गरिएको छ ।

चार वटै पालिकाका १ सय ४० युवालाई चरा, प्रकृति र पर्यटन सम्बन्धी तालिम दिइएको छ । चरा र प्रकृति संरक्षणमा युवालाई अग्रसर गराउनका लागि उनीहरूलाई तालिम प्रदान गरिएको जनाइएको छ । उनीहरू मार्फत खरमुजुर संरक्षणमा समेत सहयोग पुग्ने फिल्ड अधिकृत डङ्गौराले बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न