"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको बडिमालिका नगरपालिकामा ६५ लाख बढि राजस्व संकलन

No data was found

Khabar Raftar

भदौ ०७ बाजुरा । बडिमालिका नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷८१ मा ६५ लाख २२ हजार आठ सय ९९ रुपैया आन्तरिक राजस्वसङ्कलन गरेको छ । आर्थिक बर्ष २०७९÷८० को तुलनामा राजश्वमा केही बृद्धि भएको बताईएको छ । आर्थिक बर्ष २०७९÷८० मा ४८ लाख ६४ हजार ३ सय २० रुपैया राजस्व संकलन भएकोमा पछिल्लो आथिर्क बर्ष २०८०÷८१ मा केही दायरा बढेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको राजस्व शाखाले विभिन्न शीर्षकमा कर बापत राजस्व संकलन गर्दै आएको छ । सम्पती करमा १ हजार ५ सय , भुमि कर (मालापोत) करतर्फ ३ लाख २१ हजार ७१ रुपैया कर संकल भएको शाखा प्रमुख कृष्ण खड्काले बताएका छन । घर बहाल करमा १९ लाख ११ हजार ५ सय ९७, ब्यवासाय करतर्फ १० लाख ८३ हजार २ सय ७७ रुपैया कर संकलन भएको राजश्व शाखा प्रमुख खड्काले बताए ।

त्यसैगरि जडिबुटी कवाडी र जीवजन्तु कर ५५ हजार ३ सय ७०, पर्यटन शुल्क एक हजार १ सय ६०, फोहोरमैला तथा सरसफाई व्यवस्थापन सूल्क ७२ हजार २ सय ८०, सेवा शुल्क तथा तस्तुर वाफत २६ लाख ९० हजार २ सय ४८, दण्ड जरिवाना २ लाख ७६ हजार ८ सय ९५ र एम्बुलेन्स भाडा वाफत १० लाख ९५ हजार राजश्व संकलन गरिएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले नगरमा सञ्चालन भएका व्यवसाय करको दायरामा ल्याउन नगरपालिकाले विशेष अभियान अघि बढाइरहेको बताए । बडिमालिका नगरपालिकाले स्थानीय व्यापार व्यवसायलाई अनिवार्य करको दारयामा ल्याउने भनिए पनि करको दायरामा ल्याउन नसकेको नगर प्रमुख खड्काले बताए ।

बडिमालिका नगरपालिका भित्र सञ्चालन भईरहेको बताउदै अव सञ्चालन हुने व्यापारिक व्यवसायिक फर्महरुलाई स्थानीयतह देखि कर कार्यालय सम्म अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरेको नगर प्रमुख खड्काले बताए । व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुर घर बहाल कर लगायत यस नगरपालिकाको मुख्य करका श्रोत रहेको नगरपालिका उप प्रमुख तथा राजश्व परामर्श समिति संयोजक नन्दा थापाले बताईन ।

बजेटमा अनुमानीत सहित करको दायरा बढाए पनि हरेक समस्याका कारण उदेस्य अनुरुप कर संकलन नहुने गरेको उप प्रमख थापाले बताईन । सदरमुकाम समेत रहेकोले जिल्लाका ९ ओटा स्थानिय तह भन्दा बढि कर संकलन हुने भए पनि नगरपालिकाले अपेक्षा गरे अनुसार राजश्व संकलन हुन नसकेको उनले बताईन ।

बाहिरबाट आएर सदरमुकाममा ब्यापार व्यवासाय गरिरहेकाहरुलाई करको दायरामा आउन भनिए पनि उनिहरु करको दायारामा आउन नमानेका कारण राजश्व संकलनमा समस्या भएको उनले बताईन । बडिमालिका नगरपालिका भित्र सञ्चालित अधिकांश व्यवसायी करको दायरामा आएका छैनन् । नगरपालिकामा भएका व्यवसाय करमा दर्ता भए नभएको बारे अनुगमन गरिन थालेपछि अधिकांश व्यवसाय करमा दर्ता नभई सञ्चालन हुँदै आएको पाइएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताए ।

हाल सम्म नगरपालिका भित्र सञ्चालित होटल, किराना, खुद्रा तथा थोक (होलसेल), फेन्सी, कपडा, बुटिक, व्युटीपार्लर लगायत साना ठूला सबैखाले व्यापार व्यवसाय स्थानीय तहमा दर्ता गरेर स्थायी लेखा नं. (पान) लिन भनिएको उनले बताए । कर कार्यालयबाट पान नम्मर लिएपछि नगरपालिकामा सूचीकरण गरेर मात्र व्यवसाय सञ्चालन गर्न व्यापारीहरुलाई अनुरोध गरिएको राजश्व शाखा प्रमुख कृष्ण खड्काले बताए ।

बडिमालिका नगरपालिकाले यस आर्थिक बर्ष सम्मा ३ सय बढी ब्यबासाय करको दायरामा ल्याईसकेको बडिमालिका नगरपालिका राजस्व शाखा प्रमुख खड्काले बताएका छन । बडिमालिका नगरपालिका भित्र सञ्चालित जति पनि व्यापार व्यवसाय छन् सबैलाई चालु वर्षको सुरुवातबाटै स्थानीयतहमा दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध सहित निर्देशन दिइएको बडिमालिका नगरपालिकाले जनाएको छ । नगरपालिकामा हाल घर बहाल कर व्यवासाय कर सेवा शुल्क वाफतको कर नै बडिमालिका नगरपालिकाको मुख्य करका श्रोत रहेको नगरपालिकाले जनाएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न