साउन २६ धनगढी । नेपाल उधोग बाणिज्य महासघंका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक क्षेत्र सुधार गर्ने प्रयास गरिएको बताएका छन । कैलाली उधोग बाणिज्य सघंको ५० औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन ।
हाल देशका दुई ठुला राजनितिक दल मिलेर सरकार बनेकाले ब्यवसायी आशावादी भएको उनले बताए । राजनितिक स्थिायित्व हुन्छ र देशको अर्थतन्त्र सुधार हुन्छ भन्ने आशा गरिएको बताउदै उनले सुरुवात सेयर मार्केटबाट भएको बताए । सरकारले अर्थतन्त्रका लागी सुरुवाती सकेंत राम्रै देखाएको बताउदै उनले सफल हुन्छ भन्नेमा बिश्वस्त भएको बताए ।
कोरोना पछि ब्यापार ब्यवसाय निरन्तर ओरालो लागेको जानकारी गराउदै उनले ब्यवसायीका पिडा भनि साध्य नभएको बताए । कोरोना कहरपछि आर्थिक मन्दी सुरु भएको बताउदै उनले धेरै ब्यवसायी पलायन हुनु परेको बताए । उधोग बाणिज्य महासघंले लबिङ गरेकै कारण बैकं तथा बित्तिय संस्थाको ब्याजदरमा सुधार भएको ढकालले बताए ।
बैकं तथा बित्तिय संस्थाको ब्याजदरले मात्रै नभएर आर्थिक मन्दी आउनुमा अन्य थुप्रै कारण रहेको ढकालले बताए । राजनितिक स्थिायित्वसगैं बैकं तथा बित्तिय संस्थामा समानता समेत कायम हुँदै गएको बताउदै उनले सिमा क्षेत्रमा कडाई गर्नुपर्छ भनेर शसक्त आवाज उठाइरहेको बताए ।
सिमामा कडाई नभएकै कारण सरकारले ठुलो राजश्व गुमाउनु परेको बताउदै उनले नेपाली ब्यवसायीहरुले लगानीको प्रतिफल पनि नपाएको बताए । नेपालमा निजि क्षेत्रको सहकार्यमा नेपाल सरकारले गरेको लगानी सम्मेलन पछि परिमार्जन भएका कानुनहरुले लगानीको वातावरण सहज बनाएको बताउदै अध्यक्ष ढकालले कानुन परिवर्तन गर्नका लागी लबिङ गरेका कारण ८ वटा कानुन परिमार्जन भएको जानकारी गराए ।
निरन्तर लागे माग सम्बोधन हुने रहेछन्, भन्ने कुरा प्रमाणित भएको बताउदै उनले लगानीको वातावरण बढ्ने बताए । बैकं तथा बित्तिय संस्थाको सुधार भएको र पर्यटकहरु बढिरहेको बताउदै उनले अहिलेको मौद्रिक नितिले पनि सकारात्मक सन्देश दिएके बताए ।
छोटो समयमै समस्या समाधान हुने विश्वास गरेको बताउदै उनले नेपालमा सम्भावना छैन, लगानीको वातावरण छैन भन्ने भाष्य निर्माण भएको बताए । उनले यस्तो भाष्यलाई चिरेर सानो लगानीमा राम्रै उपलब्धी हासिल गर्न सकिन्छ भन्ने उद्देश्य सहित १० अर्बको लगानीमा पब्लिक लिमिटेड कम्पनि सञ्चालन गरिसकेको जानकारी गराए ।
सुदूरपश्चिम प्रदेशको सम्भावित क्षेत्रमा पनि लगानी गर्ने बताउदै उनले जिल्ला, नगर उधोग बाणिज्य सघंका सबैले यसमा जोडिनु पर्ने आग्रह गरे । कैलाली उधोग बाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवरको अध्यक्षतामा आयोजित साधारणसभा कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना, आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारी, उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य जगं मल्ल, कञ्चनपुर उधोग बाणिज्य सघंका अध्यक्ष, नेपनलगन्ज उधोग बाणिज्य सघंका अध्यक्ष लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमका अवशरमा बिभिन्न ब्यक्ती तथा संस्थाहरुलाई सम्भान समेत गरिएको थियो । साधारणसभा उद्घाटन पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले कैलाली उधोग बाणिज्य सघं परिसरमा निर्मित कैलाली उधोग बाणिज्य सघंका संस्थापक अध्यक्ष दिलिप सिहं मल्लको सालिक अनावरण गरेका थिए ।


