साउन २१ धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले तीन वटा मोटर साईकल सहित ९२.८२ क्यु. फिट अबैध काठ बरामद गरेको छ ।
यही श्रावण २० गते बिहान अन्दाजी ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले तीन वटा मोटर साईकल सहित ९२.८२ क्यु. फिट अबैध काठ बरामद गरेको हो ।
धनगढी उप–महानगरपालिका वडा नम्बरं.०७ स्थित देवहरियामा ३ वटा मोटरसाईकल बत्ति बालि आइरहेको अबश्थामा रोकेर चेकजाँच गर्न खोज्दा मोटरसाईकल चालकहरु मोटरसाईकल र काठ छोडी भागेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिह कार्कीले जानकारी गराए ।
१ लाख ७ हजार १ सय ३३ रुपैया ३३ पैसा मूल्य बराबरको अबैध चिरान काठ सहित बा २५ प १२२७, से २ प ९६६५, से ६ प ३२५४ नम्बरका मोटरसाईकलहरु बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी गराए ।
उक्त मोटरसाईकलहरुमा लोड अवस्थामा रहेका ४२ थान १९.८२ क्यु. फिट साल जातका काठका कडिहरु बेवारिसे अवस्थामा फेला पारेको उनले जानकारी गराए ।
काठ तथा मोटरसाईकलहरु बरामद गरी आवश्यक कारवाहीको लागि सब–डिभिजन वन कार्यालय धनगढी पठाईएको उनले जानकारी गराए ।



