"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुरामा घरजग्गा कारोबारबाट करिब एक करोड राजश्व संकलन

No data was found

Khabar Raftar

साउन १५ बाजुरा । बाजुरामा घरजग्गा कारोबारबाट ९९ लाख ८९ हजार ८ सय ८३ रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष २०८०–०८१ मा घरजग्गा कारोबारबाट ९९ लाख ८९ हजार ८ सय ८३ रुपैयाँ राजश्व संकलन भएको हो । मालपोत कार्यालय बाजुराका अनुसार गत बर्षमा नामसारी, संशोधन, धितो रोक्का, राजिनामा लगायत ७ सय ११ वटा घरजग्गा कारोबार भएको छ । एक बर्षको अवधीमा सबैभन्दा बढी राजिनामा,अंशबण्डाबाट ६३ लाख ९७ हजार २ सय ५३ रुपैयाँ राजश्व संकलन भएको छ ।

त्यस्तै पुजिकर लाभकरबाट २८ लाख १७ हजार ३० रुपैयाँ, धितो रोक्का बैंकीङ करोबारबाट ६ लाख ९१ हजार, नामसारी मरुवा सरुवाबाट १ लाख ४८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको कर्यालयले जानकारी गराएको छ । मालपोत कार्यालय बाजुराका प्रमुख जंगविर सुनारले अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा जग्गा कारोबार र राजश्वमा वृद्धि भएको बताएका छन् ।

त्यस्तै अन्य जिल्लाको तुलनामा बाजुरामा जग्गाको कारोबार निकै कम भइरहेको उनले बताए । बाजुराका नौ वटै स्थानीय तह तथा सरोकारवालाहरु सहितको बैठकबाट जग्गा कारोबारमा यस बर्ष पनि पहिलेकै मुल्य यथावत गरिएको कार्यालय प्रमुख सुनारले जानकारी गराए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठमा सबै स्थानीय तहलाई मंसिर २३ भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको बताउदै उनले स्थानीय तहले हालसम्म जग्गाको वर्गीकरण गर्न नसकेको र केही स्थानिय तहले निती कार्यान्वयनमा ल्याएसंगै कारोबारमा बृद्धि भएको बताए ।

९ ओटा स्थानिय तह रहेको बाजुरामा जगन्नाथ गाउँपालिकाले भने निती कार्यान्वयन ल्याइसकेको र अन्य पालिकाको निती निर्माणकै क्रममा रहेको उनले बताए । व्यावसायिक रूपमा परियोजना बनाउनेले सडकको मापदण्ड अनुसार साढे २ आनाको कित्ताकाट गर्न पाउने ब्यबस्था रहेको उनले बताए ।

अंशबण्डामा पनि साढे २ आना सम्मको कित्ताकाट गर्न पाउने व्यवस्था संशोधित नियमावलीले गरेको जानकारी गराउदै उनले अन्यको हकमा द्विविधा भएकाले सर्वसाधारणले जग्गा खरिद बिक्री गर्न सम्भव नभएको बताए । ‘

पछिल्लो समय सहरको भन्दा गाउँमा घर जग्गाको कारोबार बढेको बताउदै उनले सदरमुकाम मार्तडीको भन्दा जग्गाको किनबेच ग्रामीण क्षेत्रमा बढेको तथ्याकं रहेको बताए । संघिय संरचना पश्चात सदरमुकाममा जग्गाको किनबेच तथा कारोबार ओरालो लागेको मालपोत कार्यालयको तथ्याकंले देखाएको छ ।

स्थानिय तह पश्चात स्थानिय तहका पालिका केन्द्र आसपासको जग्गा कारोबार बढ्दै गएको र सदरमुकामको कारोबार घटेको मालपोत कार्यालय बाजुराले जनाएको     छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न