"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नवजीवन सहकारी संस्थाको मुनाफा १७ करोड १५ लाख

No data was found

Khabar Raftar

साउन ०३ धनगढी । धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाले १७ करोड १५ लाख मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्ष २०८०÷२०८१ मा नवजीवन सहकारी संस्थाले १७ करोड १५ लाख मुनाफा आर्जन गरेको हो । देशभर सहकारी सकंट तथा बैकंहरुमा समेत तरलता रहेका बेला नवजीवन सहकारी संस्थाले १७ करोड १५ लाख मुनाफा आर्जन गरेको हो ।

नवजीवन सहकारीले २०७९÷८० मा १२ करोड ४८ लाख मुनाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षमा करिब ५ करोड मुनाफा बढाएर सहकारीले १७ करोड १५ लाख पु¥याएको हो । नवजीवन सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष देव बहादुर बमले देशभरका सहकारी संस्था सकंटमा रहेका बेला नवजीवन सहाकरी थप उचाइमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै सम्पूर्ण सेयर सदस्य, सञ्चालक समिति र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

संस्थाले ३० बर्ष पुरा गर्दासम्म ५० करोड अधिकृत पूजिं पुर्याएको उनले जानकारी गराए । संस्थाले २०८० सालमा रहेको सेयर पुजिंलाई बढाएर ३० करोड ८० हजार चुक्ता सेयर पुजि पु¥याएको उनले बताए । त्यसैगरी संस्थाका महाप्रबन्धक डम्बर गुरुले जगेडा कोषमा मात्रै ४४ करोड ७६ लाख ७४ हजार रकम पुगेको जानकारी गराए । बजारमा तरलता संकुचन आएको बेला समेत सहकारीले आर्थिक बर्ष २०८०÷८१ मा ५ अर्ब १ करोड ३९ लाख बढी निक्षेप संकलन गर्न सफल भएको उनले बताए ।

२०८०÷८१ मा १ अर्ब ६७ करोड ७६ लाख ७७ हजार नगद तथा बैकं मौज्दात राखी तरलतामा कुनै कमी आउन नदिएको महाप्रबन्धक गुरुले जानकारी गराए । संस्थाले २०८१ असार मसान्त सम्म करिब ४ अर्ब कर्जा प्रबाह गरेको जानकारी गराउदै उनले संस्थाको अन्य कोषमा ४ करोड २० लाख १ हजार जम्मा भएको बताए । ६४ जना शेयर सदस्य सहित धनगढीमा प्रधान कार्यालय स्थापना गरेर सञ्चालन भएको नवजीवन सहकारी संस्थामा हालसम्म ३३ हजार बढी सेयर सदस्य रहेको उनले बताए ।

देशभरी कार्यक्षेत्र रहेको नवजीवन सहकारी संस्थाले हाल कैलाली, कञ्चनपुर र बर्दियामा गरी १० वटा सेवा केन्द्र मार्फत सेवा दिइरहेको उनले जानकारी गराए । डडेल्धुरा र काठमाण्डौमा समेत सेवा केन्द्र सञ्चालनका लागी संस्थाले अनुमती पाइसकेको उनले बताए । कैलाली जिल्लामा मात्रै सिमित बैकं तथा बित्तिय संस्थाहरु भएका बेला स्थापना भएको नवजीवनले हाल ४ दर्जन भन्दा बढी बैक तथा बित्तिय संस्था रहँदा पनि आफ्नो पृथक पहिचानका साथ दरिलो उपस्थिती बनाएको उनले बताए ।

संस्थाले आफ्नो कारोबार सञ्चालनका लागी अत्याधुनिक बैकिंङ सप्टवेयर प्रयोग गर्नुका साथै एटिएम र मोवाइल बैकिंङ सेवाहरु समेत प्रदान गरिरहेको उनले  बताए । प्रधान कार्यालय, धनगढीमा रहेको नवजीवन सहकारी संस्थाले टिकापुर सेवा केन्द्र, बासगढी सेवा केन्द्र, बर्दिया सेवा केन्द्र, अत्तरिया सेवा केन्द्रमा आफ्नै भवनबाट सेवा दिइरहेको जानकारी गराउदै महा प्रबन्धक गुरुले सुख्खड र जोशिपुर सेवा केन्द्रमा भवन निर्माणका लागी जमिन खरिद गरि सकिएको जानकारी गराए ।

संस्थाले कञ्चनपुरमा रहेको सुदूर नेपाल बचत तथा श्रृण सहकारी संस्थासंग मर्जरको प्रकृया अगाडी बढाएर महेन्द्रनगरमा सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको उनले जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न