असार १७ धनगढी । दश लाख ७२ हजार मूल्य बराबरको अबैध समान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यही असार १५ गतेका दिन अन्दाजी २ बजेका समयमा धनगढी उप–महानगरपालिका वडा नम्बर. ०१ नवदुर्गा मन्दिर नजिकबाट श लाख ७२ हजार मूल्य बराबरको अबैध समान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्र्हरी कार्यालय कैलालीबाट प्रहरी नायव उपरिक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटि गएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बरं. ०१ बस्ने ३१ बर्षको हरि बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२७९ नंम्बरको म्याजिक गाडीलाई शंका लागी चेकजाँच गर्दा उक्त मूल्य बराबरको सामान बरामद गरिएको हो ।
त्यसैगरी धनगढी उप–महानगरपालिका वडा नंम्बर. ०९ बस्ने बर्ष ४० की सरस्वती बि.क., गाडी चालक र म्याजिक गाडी सहित भारतबाट भन्सार छली ल्याएको, सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरी अन्दाजी .१० लाख ७२ हजार मूल्य बराबरको मालसमानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Post Views: 173

