"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सेती लोकमार्ग अन्तर्गत पहिलो चरणमा १० किलोमिटर खण्ड कालोपत्र गरिने

Khabar Raftar

जेठ २० धनगढी । सेती लोकमार्ग अन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौली देखि प्रतापपुर सम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग केही दिनमा सम्झौता गरिने भएको छ । सडक कालोपत्रका लागि ३१ करोड प्राप्त भएको बताईएको छ ।

कैलालीको टीकापुरबाट बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको ठुलीगाड देखि सेती र बुढीगङ्गा दोभान सम्मको ४० किलोमिटर क्षेत्रमा रुख काट्न सरकारले अनुमति दिएको छ । दुई सय चार किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ ।

यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटर मध्ये तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको    छ । कैलालीको टीकापुरबाट चैनपुर सम्मको सडकखण्ड मध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्रयाक बाँकी    छ । अछाममा ८० किलोमिटर मध्ये २३ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको सूचना अधिकारी मिश्रले बताए ।

बाजुराको मेडासैनबाट राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा उक्त सडकका लागि १४ करोड बजेट विनियोजन भएको छ । उक्त सडकमा पर्ने पुल निर्माणका लागि चालु आर्थिक बर्षमा तीन करोड रकम छुट्याइएको छ ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा