"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सीमा नाकामा कार्यरत हेल्थ डेस्कका स्वास्थ्यकर्मीद्वारा तलब नपाएको गुनासो

No data was found

Khabar Raftar

बैशाख २४ धनगढी । सुदूरपश्चिमका सीमा नाकामा कार्यरत हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुले १० महिना देखि तलब नपाएको गुनासो गरेका छन । कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाका, बैतडीको झुलाघाट र दार्चुला हेल्थ डेस्कमा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुले १० महिना देखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन ।

लामो समयदेखि तलब नपाए पछि स्वास्थ्यकर्मीहरुले आइतबार देखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । गौरीफन्टा र गड्डाचौकीसँगै बैतडीको झुलाघाट र दार्चुला गरी चार स्थानमा कार्यरत हेल्थ डेस्कका कर्मचारीहरुले १० महिना देखि तलव नपाउदा समस्या भएको बताएका छन । हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ । विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत २७ जना स्वास्थ्यकर्मीहरुले तलव नपाएको बताइएको छ ।

स्वास्थ्यकर्मीले साउन यता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताए । सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिना देखिको तलब नपाउँदा खर्च चलाउन समेत समस्या भइरहेको बताएका छन् । कञ्चनपुरको गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउन यता तलब नपाउँदा घर खर्च चलाउन मुस्किल भएको गुनासो गरिन् । “साउन देखि तलब नपाएको बताउदै उनले खर्च चलाउन समेत गाह्रो भएको बताईन ।

तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भन्ने गरेको उनले सुनाईन । गड्डाचौकी हेल्थ डेस्कमा ११ जना स्वास्थ्यकर्मी कार्यरत रहेको उनले बताईन । पटक पटक माथिल्लो निकायमा उक्त विषयमा जानकारी गराउदा पनि समस्या समाधान हुन नसकेपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेको उनले बताईन । उनले पारिश्रमिक आएन भने आउँदो जेठ १ गतेदेखि सेवा बन्द गर्ने बताईन । उनले स्वास्थ्य कार्यालय र जिल्ल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताइन् ।

हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले पारिश्रमिक मात्रै होइन करार पनि थप नभएको बताए । “काम गर्दै गर्नुस् करार थपिन्छ भनेको धेरै र्भईसकेको बताउदै उनले करार पनि नथपीएको र पारिश्रमिक पनि नपाएको बताए । गड्डाचौकीस्थित हेल्थ डेस्कका इञ्चार्ज प्रेमसिंह भण्डारीले बजेट अभाव देखाएर स्वास्थ्यकर्मीको तलब नआएको बताए । स्वास्थ्यकर्मीले तलब नपाए पछि सेवा बन्द हुने अवस्थामा पुगेको उनले बताए । उनले स्वास्थ्यकर्मीले एक साता हातमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न