"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सीमा नाकामा कार्यरत हेल्थ डेस्कका स्वास्थ्यकर्मीद्वारा तलब नपाएको गुनासो

Khabar Raftar

बैशाख २४ धनगढी । सुदूरपश्चिमका सीमा नाकामा कार्यरत हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुले १० महिना देखि तलब नपाएको गुनासो गरेका छन । कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाका, बैतडीको झुलाघाट र दार्चुला हेल्थ डेस्कमा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुले १० महिना देखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

लामो समयदेखि तलब नपाए पछि स्वास्थ्यकर्मीहरुले आइतबार देखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । गौरीफन्टा र गड्डाचौकीसँगै बैतडीको झुलाघाट र दार्चुला गरी चार स्थानमा कार्यरत हेल्थ डेस्कका कर्मचारीहरुले १० महिना देखि तलव नपाउदा समस्या भएको बताएका छन । हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ । विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत २७ जना स्वास्थ्यकर्मीहरुले तलव नपाएको बताइएको छ ।

स्वास्थ्यकर्मीले साउन यता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताए । सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिना देखिको तलब नपाउँदा खर्च चलाउन समेत समस्या भइरहेको बताएका छन् । कञ्चनपुरको गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउन यता तलब नपाउँदा घर खर्च चलाउन मुस्किल भएको गुनासो गरिन् । “साउन देखि तलब नपाएको बताउदै उनले खर्च चलाउन समेत गाह्रो भएको बताईन ।

तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भन्ने गरेको उनले सुनाईन । गड्डाचौकी हेल्थ डेस्कमा ११ जना स्वास्थ्यकर्मी कार्यरत रहेको उनले बताईन । पटक पटक माथिल्लो निकायमा उक्त विषयमा जानकारी गराउदा पनि समस्या समाधान हुन नसकेपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेको उनले बताईन । उनले पारिश्रमिक आएन भने आउँदो जेठ १ गतेदेखि सेवा बन्द गर्ने बताईन । उनले स्वास्थ्य कार्यालय र जिल्ल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताइन् ।

हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले पारिश्रमिक मात्रै होइन करार पनि थप नभएको बताए । “काम गर्दै गर्नुस् करार थपिन्छ भनेको धेरै र्भईसकेको बताउदै उनले करार पनि नथपीएको र पारिश्रमिक पनि नपाएको बताए । गड्डाचौकीस्थित हेल्थ डेस्कका इञ्चार्ज प्रेमसिंह भण्डारीले बजेट अभाव देखाएर स्वास्थ्यकर्मीको तलब नआएको बताए । स्वास्थ्यकर्मीले तलब नपाए पछि सेवा बन्द हुने अवस्थामा पुगेको उनले बताए । उनले स्वास्थ्यकर्मीले एक साता हातमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

भर्खरै

डडेल्धुरामा घटालथानको निर्माण कार्य अलपत्र
विभिन्न जिल्लाबाट भन्सार छलीका सामान बरामद
बाजुराको बाम्का बजारको फोहर व्यवस्थापनमा सकस
हुलाकी सडक निर्माणको काम सम्पन्न हुन सकेन
सुदूरपश्चिम प्रदेशका उद्दोग,पर्यटन,वन तथा वातावरण मन्त्रीको भान्से श्रीमती
टिनका टहराबाट मुक्त भए कञ्चनपुरको वेदकोटका मुक्त कमैया
टीकापुरमा प्लाष्टिकका माला विक्रि वितरण गर्न रोक
भ्रष्टाचार विरुद्ध, आवाज बुलन्द गरौ
धनगढीबाट ११ जना जुवाडे पक्राउ
दार्चुलामा आफन्तबाटै १६ वर्षीया किशोरी बलात्कृत

धेरै कमेन्ट गरिएको

डडेल्धुरामा घटालथानको निर्माण कार्य अलपत्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

डडेल्धुरामा घटालथानको निर्माण कार्य अलपत्र

विभिन्न जिल्लाबाट भन्सार छलीका सामान बरामद

बाजुराको बाम्का बजारको फोहर व्यवस्थापनमा सकस

हुलाकी सडक निर्माणको काम सम्पन्न हुन सकेन

सुदूरपश्चिम प्रदेशका उद्दोग,पर्यटन,वन तथा वातावरण मन्त्रीको भान्से श्रीमती

टिनका टहराबाट मुक्त भए कञ्चनपुरको वेदकोटका मुक्त कमैया

टीकापुरमा प्लाष्टिकका माला विक्रि वितरण गर्न रोक

भ्रष्टाचार विरुद्ध, आवाज बुलन्द गरौ