"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

फागुनमा मात्रै ६१ हजार ८ सय ४५ जना रोजगारीका लागि विदेशिए

No data was found

Khabar Raftar

चैत ५ काठमाडौं । फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली रोजगारीका लागी विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या माघ महिनाको तुलनामा फागुनमा कम देखिएको छ । माघमा ६४ हजार २ सय ८४ जना युवा रोजगारीका लागि विदेशिएका थिए । नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति सहित उक्त संख्यामा युवाहरु विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको हो । फागुनमा ५६ हजार ७ सय १९ जना पुरुष र ५ हजार १ सय २६ जना महिला कामको खोजीमा विदेशिएका छन् ।

म्यानपावर एजेन्सी माफर्त २९ हजार २ सय ८८ जना युवा विदेशिएका छन् भने ५ हजार ५ सय ३६ जना व्यक्तिगत रुपमा नयाँ कामदारको रुपमा विदेशिएका छन । विभागका अनुसार जीटूजी मार्फत २ हजार १ सय ७० जना युवा विदेश गएका छन् भने व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या २४ हजार ८ सय ५१ जना रहेको छ । तथ्यांक अनुसार फागुन महिनामा मलेसियाका लागि १९ हजार ८ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् ।

युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७ सय ९५ जना विदेशिएका छन् । साउदी अरबमा ९ हजार ५ सय ३ जना पुगेका छन् । कुवेतका लागि २ हजार ४ सय ६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । कोरियामा २ हजार २ सय २७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८ सय ७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५ सय ९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।

त्यसैगरी फागुन महिनामा धनुषाबाट ३ हजार १ सय २९, झापाबाट २ हजार ७ सय ३५, मोरङबाट २ हजार ३ सय ९६, सिराहाबाट २ हजार ३ सय ४५, महोत्तरीबाट २ हजार ३ सय ५, रुपन्देहीबाट १ हजार ८ सय १६ र सर्लाहीबाट १ हजार ७ सय २५ जना विदेशिएका छन् । नेपालबाट विदेशिने युवामध्ये फागुनमा अधिकांश युवा दक्ष योग्यताका छन् ।

विभागका अनुसार फागुनमा विदेशिने मध्ये ४२ हजार ७ सय १८ जना युवा दक्ष थिए । त्यसैगरी १३ हजार ५ सुय ८० जना अदक्ष युवा विदेशिएका छन् । दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका ५ हजार ४ सय ४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । प्रोफेसनल योग्यताका ६८ र उच्च दक्षता हासिल गरेका ३० जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ ।

भर्खरै

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ
बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द
कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै
कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए
दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो
कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ
सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो
बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश
कैलालीको राजकाँडामा जाल्पादेवी केबलकारकोे काम सुरु
सुदूरपश्चिमका ७ वटा जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त

धेरै कमेन्ट गरिएको

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

patan-Surnaya-Jalbidhut-aayojana-baitadi-1775980447

बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द

Untitled-7-768x384

कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

Jilla-prahari-kailali

कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए

kamki-band

दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो

pakrau-1

कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ

Untitled-27-768x408

सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो

fbc15a0f-03cd-46ae-b137-1b12823f06b9

बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश