पौष १७ धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सर्वदलीय बैठक आईतबार बसेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा सभामुख र उप सभामुखको निर्वाचनबारे छलफल गरिएको बताईएको छ ।
आईतबार बसेको सर्वदलीय बैठकले माघ २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए। ज्येष्ठ प्रदेश सभा सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले सभामुखको २ गते निर्बाचन गर्ने निर्णय गरेको उनले जानकारी गराए ।
उप सभामुखको निर्वाचन कहिले गर्ने भन्ने बारे अझै सहमति हुन नसकेको उनले बताए । सोमबार प्रदेश सभाको पहिलो बैठकबस्ने र पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उप सभामुखको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको पनि उनले जानकारी गराए । उप सभामुखको निर्वाचन कहिले गर्ने भन्ने बारे अझै सहमति हुन सकेको उनले बताए ।
Post Views: 107


