"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातिय विभेदको पराकाष्टा नागरिकतामै कुकुर कामी

No data was found

Khabar Raftar

अमर सुनार, साउन १५ दैलेख । झण्डैं ५० वर्ष अघि रुम गाउँ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका वडा नम्बर–२ क्षेत्र तर त्यसबेला रुम गाउँ पञ्चायत । त्यो गाउँका सक्रिय र सामाजिक विकृति विरुद्ध सशक्त प्रतिरोध गरिरहेका क्रान्तिकारी व्यक्ति थिए, नेप्टो कामी । अरु धेरै विषयमा बोल्दै आएका नेप्टो कामीले कोही मरेको बेला दलितलाई फलाँटेमा किन जलाउने बालटारमै दाहसंस्कार गर्न पाउनुपर्छ भन्दै प्रतिरोध स्वरुप आवाज उठाए ।

बालटारमा क्षेत्री–ठकुरीलाई मात्रै जलाउने तर दलितहरुलाई फलाँटेमा जलाउने पुरानो रीति परम्परालाई उनी तोड्न चाहन्थे । उनले उठाएको यो आवाजलाई कुनै सुनाई भएको थिइनन् । कामीलाई त्यतिवेला नै थाहाँ थियो कि काम गर्नका लागि     युवादस्ता । यतिबीचमा उनी ४१ वर्षको उमेरमा नेप्टो कामीको मृत्यु भयो । ५० वर्ष अघिको अर्थात २०२९ जेठ २७ गते उनको मृत्युपछि नेप्टो कामीका अनुयायी युवादस्ताले उनको इच्छा बालटारमा जलाउनु भन्ने छ, हामी त्यही लैजान्छौं भनी लिएर गए । ठुकुरीको चिहानघाटमा दलितको लास जलाउन दिनुहुन्न भनेर ठुकुरी र क्षेत्रीहरुको ठूलै दलबल गयो र त्यहाँ जलाउन दिइएन ।
ठकुरीको लास जलाउने ठाउँमा कामीको लास जलाउन दिनुहुन्न भनेर हुल्दंगा हुन थालेपछि नेप्टो कामीको मलामी गएका पाका पुरानाहरुले ‘यो तमासा नगरौं, आफ्नै चिहानघाट लैजाऊँ’ भनेर मध्यमार्गी बाटो देखाए पछि त्यस्तै गरियो अर्थात फलाँटमै ल्याएर जलाइयो ।

नेप्टो कामीलाई ठुकुरीको चिहानघाटमा जलाउन खोज्दा त्यहाँ अनुमति नभए पछि कामीकै चिहानघाटमा ल्याएर जलाउनु परेको त्यो बेलाको अतिजातिवाद र शोषण दमनको प्रतिक झल्काउने यो देउडा गीत बनेको थियो । नेप्टो कामीले सुरुवात गरेको सामाजिक संघर्ष पछिल्लो पुस्ताले सक्रिय तरिकाले निरन्तरता दिने क्रममा दलितहरु मरेको शखं बजाउन नपाइने त्यहाँको कुप्रथा विरुद्ध आन्दोलन छेडे । खासमा क्षेत्री–ठकुरी मरेको बेला मात्र शंख बजाउँदा उनीहरुका इष्टमित्र जम्मा हुन सजिलो पर्छ र दलित मर्दा चाहिं बजाउन नदिएको खण्डमा कुन जातको मान्छे मरेछ भन्ने थाहा हुनुपर्छ भनेर भिन्नता जनाउन दलित मरेको बेला शंख बजाउन नदिइएको हो । दलित मरेको बेला पनि शंख बनाउने गरेमा झुक्किएर मलामी जान भेला हुने अवस्था हुन्छ भनेर दुविधा नहोस् भनेर यस्तो गरिएको हो । दलित मरेको बेला गैरदलितहरु मलामी नजाने भएकोले उतिबेला दलित मरेको बेला शंख बजाउन नदिइएको हो ।

दलित मर्दा पनि शंख बजाउन पाउनुपर्छ भनी ४० दशकमा कट्टी, बडाभैरब, बिन्ध्यवासिनी, चौराठा लगायतका गाउँमा समेत दलितहरुले संघर्ष गरेपछि स्थानीय प्रशासनले नै दलित मर्दा पनि बजाउन चाहेमा बजाउन पाउँछन्, नरोक्नु भन्ने आदेशपछि अहिले सबै गाउँमा दलितहरुले निर्वाद रुपमा शंख बजाउन पाउने गरेका छन् । दलितहरुको मलामी जान नपरोस् भनेर शंख बजाउन रोकिएको थियो । शंख खुले पनि दैलेखमा दलितहरुको मलामी क्षेत्रीबाहुनहरु अहिले पनि आउँदैनन् । पद, प्रतिषठामा रहेका कोही दलित र उनका आफन्त मरेमा सामान्य सदाचार देखाउन छिटपुट मलामी आउछन् तर सबैकोमा आउँदैनन् ।
नेप्टोलाई बालटारमा जलाउन नपाएको गीत बन्यो, निरन्तर संघर्षले दलितहरुलाई जलाउन पाउने अबस्था बनेको छ । सामाजिक रुपमा सबैको सहभागितामा दलितहरुको मलामी अझैं पूर्ण रुपमा खुलेको छैन । गैरदलितहरु मरेको बेला चाहिंँ दलितहरुलाई दाउरा काट्न लगाउनकै लागि बोलाएरै लैजान चलन थियो अहिले बलजफ्ती घटेको छ ।

भकुण्डोलाई जति बढी बल लगाएर भूईंमा दवाइन्छ उति नै माथि उफिन्छ भनेजस्तै दलितहरुलाई थिचोमिचो भयो यति विद्रोह तगडा भएर आयो रुम लगायतको क्षेत्रमा । खासगरी माओवादी सशस्त्र युद्धको समयमा दलितहरु माथि हुने शोषण विरुद्ध गरिएका क्रियाकलापले दलितहरुलाई आत्मबिश्वास बढाएको स्थितिले आन्दोलन सशक्त बन्यो । सामाजिक विभेदविरुद्ध जति नै दलितहरु सशक्त भए उति नै विभेद जोगाउन चाहनेहरु जुर्मुराउन पनि छाडेनन् । माओवादी सशस्त्र युद्धको मेला जातीय समानता थालिएका क्रियाकलापले दलितहरुलाई दृढता बढायो । युद्धकालमा लुकेका क्षेत्री–ठकुरीहरु माओवादीहरु शान्ति प्रक्रियामा आएपछि चाहिं ‘दलित बढ्ता भएका ठेगान लगाउनुपर्छ’ भन्ने मानसिकता राखेर गतिविधि बढाउन थाले ।

२०६५ साउन ३२ गते रक्षाबन्धनका दिन हामीलाई पति धागो बाँधिदिनुस् भनी आग्रह गरेका दलितहरुलाई त्यसबेला २२ वर्षका रुमका पण्डित दिपक उपाध्यायले दलितलाई रक्षा बन्धन बाँध्दिन भनेपछि स्थानीय दलितहरुले जातीय विभेदको मुद्दा दर्ता गरे, अदालतले ३ महिना कैद र एक हजार जरिवाना ग¥यो । यो घटनामा गैरदलितहरु संगठित रुपमा दलितहरुलाई ठीक पार्नुर्प भन्नेमा लागे । यसको फल स्वरुप २०६६ वैशाखमा ब्राम्हण संघ दैलेखले दलितहरुलाई पनि रक्षाबन्धनको धागो बाध्नैपर्ने हो भने जजमानी छाडिन्छिौं भनी आन्दोलन नै गरे । तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेब गौतमले ब्राम्हणलाई कारवाही गर्छु भनेपछि ब्राम्हण संघले आन्दोलन फिर्ता लिएको थियो ।

रुम, कट्टी, बडाभैर, मेहतलोली लगायतको यही भेगमा दलितहरुको गल्ती खोज्न तम्सेको गैरदलित समुदायका लागि २०६६ असोजमा जगनाथ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–४ बुङ्चीका त्यतिबेला २१ वर्ष अमृत विकले ठकुरी छोरीलाई विवाह गरेको विषयमा त्यहाँका ठकुरीहरुदे कुटपिट गरी ६० हजार जरिवाना र दुई ओटा खसी लुटेका थिए ।सरकारले अन्तरजातीय विवाहको अनुदान घोषणा गरेकै समयमा त्यहाँको ठकुरी समाजले कुटपिट गर्नुसँग जरिवाना र खसी लुट्ने काम भएको भनी दैलेखको जिल्ला स्तरीय दलित नेतृत्वको अगुवाईमा जातीय विभेदको मुद्दा अदालत पुगेको थियो ।

अदालते यो घटनाका मुख्य दोषी ६ जनालाई ६० हजार नगद र खसीको मूल्य फिर्ता गर्नुपर्ने, जनही ८ महिना कैद र पाँच हजारको दरले जरिवाना समेत गरेपछि चाहिं दलितहरुलाई थिचोमिचो गर्दा राज्यको संरक्षण उनीहरुलाई नै मिल्दो रैछ भन्ने गैरदलितलाई शिक्षा दिएको छ । रुम र यो क्षेत्र अर्थात बेस्तडा भेगमा पुरानत समयदेखि कति विभेद थियो भन्ने कुरा प्रमाण अहिलेको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका अहिले ६२ वर्षका कविराम कामीको नागकिताको प्रमाणपत्र । २०४६ जेठ ७ गते गाउँ पुगेको नागरिकता टोलीले दिएको नागरिकतामा उनको नाम कुकुर कामी लेखिएको छ । के कोही बाहुन क्षेत्रीलाई भए नागरिकता मै कुकुर लेखिन्थो ? नागरिकताको प्रमाणपत्र नै दशीप्रमाण हो, यो भेगमा दलितहरुलाई कति धेरै शोषण दमन छ ? । दलित अनलाईनबाट ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते