"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सिडियो नेतृत्वको सुरक्षा समिति कैलालीद्वारा मतदानस्थलको अनुगमन

Khabar Raftar

बैशाख ०४ धनगढी । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ। यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धारण गरिएका मतदानस्थल तथा केन्द्रको अनुगमन गरिएको जनाइएको छ। जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले कैलालीको हाइवे क्षेत्र, मोहन्याल, चुरेलगायतका निर्वाचन क्षेत्रको अनुगमन निरीक्षण गरिसकिएको जानकारी गराउनु भयो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

मतदानस्थलमा सुरक्षा संवेदनशीलता, निर्वाचनको समयमा अपनाउनु पर्ने सुरक्षा नीति, मतदाता, उम्मेदवार र मतपेटिकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन भइरहको उनको भनाइ छ।

जिल्ला सुरक्षा समितिले मतदानस्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए। प्रायः एउटा मतदानस्थलमा दुईवटा मतदान केन्द्र राखिएको उनले जानकारी दिए।

सुरक्षा समितिले अनुमगन गरिएको क्षेत्रमध्ये चुरे क्षेत्रको मतगणनाका लागि गाउँपालिकाको कार्यालयलाई तोकिएको छ। सुरक्षा अवस्था र फराकिलो ठाउँ भएकाले गाउँपालिकाको कार्यालय भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी भट्टले बताए।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार जिल्लामा पाँच लाख २५ हजार १ सय २५ मतदाता सङ्ख्या रहेको कैलालीमा २ सय ३६ मतदानस्थल र ६ सय १९ मतदान केन्द्र निर्धारण गरिएको छ। जसमा अतिसंवेदनशीलमा ५२, संवेदनशील ५३ र १ सय ३१ सामान्य मतदानस्थलमा वर्गीकरण गरिएको जनाइएको छ। रासस

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ