"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

 एकीकृत समाजवादी सुदूरपश्चिममा असन्तुष्टी

No data was found

Khabar Raftar

बैशाख ०२ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर गरिए पछि नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि देखिएको छ । सुदूरपश्चिम प्रदेशका नेता तथा प्रदेशसभा सदस्यहरूमा पार्टीको केन्द्रीय नेतृत्वले गरेको निर्णय प्रति असन्तुष्टि देखिएको हो ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा उक्त पार्टीमा देखिएको असन्तुष्टिले चुनावलाई समेत प्रभावित गर्न सक्ने आशंका देखिएको छ । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशका नेताहरूले आफूसँग सल्लाह नगरी केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूबीच सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर तथा सत्ता साझेदारीमा सहमति गरिएको भन्दै असन्तुष्ट ब्यक्त गरेका छन ।
नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले प्रदेशस्तरमा छलफल नगरी एक्कासी मन्त्री हेरफेर गरिएको गुनासो गरिन् ।
‘काँग्रेसलाई स्थानीय तहको निर्वाचन पछि मात्रै सरकारमा ल्याउने विषयमा छलफल भइरहेको बताउदै विकले एकाएक काँग्रेसलाई सरकारमा ल्याएर केही मन्त्रीहरुलाई फिर्ता बोलाए पछि पार्टीमा केही असन्तुष्टि बढाएको बताईन । प्रमुख सचेतक विकले असन्तुष्टिलाई छलफलका माध्यमबाट निराकरण गरिने     बताइन् ।
केन्द्रमा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका बीचमा सहमति भए पछि शुक्रबार सुदूरपश्चिम सरकारमा २ मन्त्री र १ राज्यमन्त्री सहित काँग्रेसलाई सहभागी गराइएको हो ।
प्रदेश सरकारमा काँग्रेसलाई सहभागी गराउन नेपाल एकीकृत समाजवादी पार्टीले आफ्ना प्रदेश संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी बाहेकका ३ जना मन्त्री र ३ जना राज्यमन्त्रीलाई राजीनामा गर्न लगाईएको थियो । यस अघि प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीका चार मन्त्री र तीन राज्यमन्त्री रहेकोमा काँग्रेसलाई सरकारमा सहभागी गराइएपछि दुई जना मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् ।
सोडारी बाहेक नेकपा एकीकृत समाजवादीका सबै मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाइए पछि नयाँ अनुहारका रूपमा एक मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरिएको हो । मन्त्रीमण्डल हेरफेर भएको तेस्रो दिन नेकपा एकीकृत समाजवादीका निवर्तमान आर्थिक मामिला मन्त्री तारा लामा तामाङले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले आफ्नो फेसबुकमा सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त लेखेका थिए । तामाङले आफूहरूलाई मन्त्रीबाट फिर्ता बोलाउने विषयमा पार्टीले आपुसंग कुनै किसिमको छलफल नगरेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का तथा आर्थिक मामिला मन्त्री तामाङलाई फिर्ता बोलाइएको थियो ।
नेपाली काँग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश सरकार पुनर्गठनको विषयलाई लिएर पाँच दलीय गठबन्धनमा कुनै असन्तुष्टि नरहेको बताउदै स्थानीय तहको निर्वाचनपश्चात जनता समाजवादी पार्टीलाई पनि प्रदेश सरकारमा समावेश गराइने जानकारी गराए ।
त्यसैगरी माओवादी केन्द्रका रमेश धामीले नेकपा एकीकृत समाजवादी पार्टीभित्र देखिएको असन्तुष्टि उक्त पार्टीको आन्तरिक विषय भएको बताउदै सम्बन्धित पार्टीले नै त्यसका समाधान गर्नु पर्ने बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न