शितल स्नेही,चैत्र ३० बझाङ । बझागंको सुर्मा गाउँपालीकामा नयाँ बर्षको अवसरमा खाद्यान्न बितरण गरिएको छ । बझागंको सुर्मा गाउँपालीका वडा नंम्बर ४ थकुन्नाडाका अतिबिपन्न गरिब अशाहय परिवारहरुलाइ नया बर्ष २०७९ सालको बिषु पर्वको अवसरमा सुभकामना ब्यतm र्गदै सोही ठाउँका रामचन्द्र पुजाराद्वारा खाध्यन्न बितरण गरिएको हो ।
पुजाराले १ बर्ष भरी खान पुग्ने बारबरको खाधन्न चामल, पीठो , नुन , तेल , चिनि ,चाउचाउ ,मसला लगायतका बिभिन्न सामाग्री बितरण गरिएको पुजाराका भतीज दिपेस पुजाराले बताए ।
पुजाराले एकल महीला ,बृद्ध बृद्धा ,बालबालिका तथा आमाबुबा नभएका बेसाहारा लगायत अर्थिक आवस्था कमजोर भएका परिवारहरुलाइ खाद्यान्न सहयोग गरेका हुन ।
नयाँ बर्षको अबसरमा करिश्मा बोहोरा , र्सिजना पुजारा, सन्चु बोहोरा , ढुडु बोहोरा , किस्न बीर पुजारा , बग पुजारा , दिराज बोहोरा , कलक पुजारा लगायतका १० घर परिवरहरुलाई खाद्यान्न वितरण गरिएको हो । सुर्मा माध्यामीक बिध्यलयका पूर्व प्रधानाध्यापक समेत रहेका पूजारालाई प्रयाजसो आरसी पुजारा भनेर चिन्ने गरिएको दिपेसले बताए ।
पुजाराले २४ गते पनि नमुना बाल बिकास प्राबि पिपल डाँडाका १ सय ४० जना बिध्यार्थीहरुलाइ १२ हजार बारबरको कापी कलम र पेन्सिल बितरण गरेका थिए । पुजारा बिगत लामो समय देखी काठमाण्डौमा बस्दै आएका छन् भने नयाँ बर्षको अवसर पारी आफ्नो जन्मथलो बझाङ पुग्नु भएको हो ।