काठमाडौँ,१४ फागुन । प्रतिनिधिसभाको भोलि (फागुन १५) बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।
प्रतिनिधिसभाको दशौँ अधिवेशनको सातौँ बैठक आइतबार दिउँसो १ बजे बस्ने तय छ । यसअघि दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक बस्न लागेको हो ।गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो ।
Post Views: 87