फागुन १३ काठमाण्डौ । बितेको २४ घण्टामा थप २ सय ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यही अवधिमा एक जनाको मृत्यु भएको छ भने ५ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५८ जना र तीन हजार १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १७ जना गरी २ सय ७५ जनामा संक्रमणको पुष्टि भएको हो । हाल देशभर ९ हजार २ सय ८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
Post Views: 421