फागुन ०९ काठमाण्डौ । देशभरमा थप ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १ सय ४० जनाको नमुना परीक्षण गर्दा ३ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यस्तैगरी कोरोना संक्रमणबाट १ हजार २ सय ५ जना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७ सय ३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८ सय ६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये हाल सम्म ९ लाख ५२ हजार ५ सय ९९ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ११ हजार २ सय ८२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ
- १ घण्टा अगाडि