"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

झापामा बम आतंक मचाउने मुख्य योजनाकार सहित ९ जना पक्राउ

No data was found

Khabar Raftar

फागुन ०५ काठमाण्डौ । झापाका विभिन्न स्थानमा बम राखेर आतंक मच्चाउने भूमिगत समूह हिमाल सुरक्षा परिषद्का मुख्य योजनाकार सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बिर्तामोड र दमकमा प्रेसर कुकर बम राखेर आतंक मच्चाउने हिमाल सुरक्षा परिषद् नेपालका मुख्य योजनाकार सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मुख्य योजनाकार गौरादह नगरपालिका वडा नम्बर– २ का ३८ वर्षीय सुमनकुमार कार्की र वडा नम्बर ५ का ३३ वर्षीय प्रदीप थापा, कनकाई नगरपालिका वडा नम्बर–३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका वडा नम्बर– ९ स्थित चिया दोकान चोकका ५० वर्षीय देवी बास्कोटा (गुरागाईँ), कोटी होमका पुजारी कनकाई नगरपालिका वडा नम्बर–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौलालाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी शिवसताक्षी नगरपालिका वडा नम्बर–१ का ३२ वर्षीय सरुन लिम्बु भन्ने दिलकुमार सामेखाम, सङ्खुवासभा खाँदवारी नगरपालिका वडा नम्बर– १० सित्तलपाटी घर भई मोरङ सुन्दरहरैचा वडा नम्बर– ६ बस्ने २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज गाउँपालिका वडा नम्बर–३ का ३२ वर्षीय आनन्द भन्ने अनन्तप्रसाद गिरी र ४५ वर्षीय विजयकुमार दास हलुवाई लाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाई बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक विश्वमणि पोखरेलले भूमिगत समूह गोरखा जनमुक्ति पार्टीको नामबाट आपराधिक गतिविधि गर्ने पक्राउ परेका व्यक्तिहरू नै जेलबाट छुटेपछि भूमिगत समूहको नाम परिवर्तन गरी सोही प्रकृतिको आपराधिक कार्य गर्दै आएको खुलेको जानकारी गराउनु भयो । उनीहरूको साथबाट हिमाल सुरक्षा परिषद् नेपाल इन्चार्ज केन्द्रीय कमिटी, इन्चार्ज कोसी अञ्चल कमिटी, अध्यक्ष कोसी अञ्चल कमिटी, अध्यक्ष मेची अञ्चल कमिटी, इन्चार्ज मेची अञ्चल कमिटी, हस्ताक्षर मात्र भएको १० थान छाप सहित आर्थिक सहयोग माग गरिएका लेटर प्याड बरामद गरिएको प्रहरी उपरिक्षक पोख्रेल्ले जानकारी गराउनु भयो । झापा र मोरङका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक वसन्त पाठकले जानकारी गराउनु भयो ।

परिषद्ले माघ १३ गते दमक नगरपालिका वडा नम्बर–५ हरि ओम कोलोनीस्थित सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्वारमा बारुद जस्तो देखिने धुलो (इआडि) शङ्कास्पद बस्तु र माघ ९ गते बिर्तामोड नगरपालिका वडा नम्बर–१ स्थित पश्चिम बस स्ट्यान्डमा प्रेसर कुकर बम राखेर आतङ्क मच्चाएको उनले जानकारी गराए । बमसँगै राखिएको पर्चामा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, सङ्घीयता खारेज गर्नुपर्ने, एमसिसी सम्झौता खारेज हुनु पर्ने लगायतका माग उल्लेख गरिएको उनले जानकारी गराए ।

मुख्य योजनाकार कार्की ठेक्कापट्टाको काम गर्दै आएको बताउदै उनले कार्की वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा २०७५ बैशाख देखि २०७७ फागुन सम्म २२ महिना झापा कारागारमा बसेर छुटेको जानकारी गराए । २०७८ साउन १९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएका टोलीले गौरादह २ स्थित उनकै घरबाट ३० ग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेको र लागू औषध मुद्दामा उनीविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भइसकेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा उनी भारतमा बसी आर्थिक संकलन गरेर आपराधिक योजना बनाउने गर्दै आएको प्रहरीले दाबी गरेको छ । ट्युबेल गाड्ने काम गर्दै आएका भीष्म थापालाई योजनाकार कार्की र पुजारी सिटौलाले मोटरसाइकल किनिदिने प्रलोभन देखाएर बिर्तामोडमा पर्चा सहितको प्रेसर कुकर बम राख्न लगाएको खुल्न आएको प्रहरीले जनएको छ । उनले माघ ९ गते बिहान ३ बजे साइकल चढेर आएर बम राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैगरी गुरागाईँ हिमाल सुरक्षा परिषद्रुमा आवद्ध रही शङ्कास्पद वस्तु प्रेसर कुकर राख्ने योजनामा संलग्न रहेको पाइएको छ । उनले माघ ८ गते केर्खा चोकको एक पसलबाट ४ वटा प्रेसर कुकर खरिद गरी मुख्य गिरोहलाई उपलब्ध गराई विस्फोटन गतिविधिमा सहयोग गर्नुका साथै चन्दा असुल गर्ने कार्यमा समेत संलग्नता देखिएको छ । उनको घरबाट घटनामा प्रयोग भएको प्रेसर कुकरको कार्टुन, चन्दा माग गर्न प्रयोग भएको मोबाइल तथा समूहको गतिविधिमा शङ्कास्पद देखिएको चेकहरू समेत प्रहरीले बरामद गरेको छ ।

त्यसैगरी कोटी होमका पुजारी सिटौला ग्रेटर नेपालको माग राख्दै शङ्कास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा कारागार बसेर छुटेका ब्यक्ति हुन् । उनले योजनाकार कार्कीसँग मिलेर हिन्दु राज्य र राजतन्त्र पुनः स्थापनाको माग राखेर कोटीहोमस्थित आफ्नो कुटीमा पटक–पटक छिमेकी भीष्म थापासँग छलफल गरेर थापालाई बम राख्ने कार्यमा लगाएको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका सामेखाम लागू औषध मुद्दामा ५ वर्ष जेल जीवन बिताइ छुटेका ब्याक्ति हुन् । उनले परिषद्को नामबाट झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट चन्दा उठाउने, मनमोहन दाहालबाट रकम लिई भारत विहार राज्यको अररिया जिल्लास्थित कलियागञ्जसम्म पुगेर त्यही बसेर पार्टीको गतिविधि सञ्चालन गर्न रकम उपलब्ध गराई सहयोग पु¥याउँदै आएको खुल्न आएको छ ।

पक्राउ परेका दाहालले हिन्दु राज्य नेपाल र राजतन्त्र पुनर्स्थापनाको माग राखेर बिर्तामोड र दमकमा प्रेसर कुकर बम राख्ने योजना बनाई संलग्न गिरोहलाई रकम उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी ग्रेटर नेपालको माग राखेर २०७६ बैशाख २८ गते माइधारस्थित कनकाई पुलमा शङ्कास्पद बस्तु प्रेसर कुकर राखेको अभियोगमा पक्राउ परी कारागार बसेर छुटेका हुन् ।

त्यस्तै प्रदीप थापा र गिरी परिषद्को नामबाट विस्फोटक पदार्थ जस्तो देखिने शङ्कास्पद प्रेसर कुकर राख्ने योजना बनाउने र चन्दा माग्ने गर्दै आएका थिए । हलुवाईले परिषद्को नाममा अन्य सक्रिय सदस्यहरूले संकलन गरेको   पैसा आइएमइबाट संकलन गर्दै विहार बस्दै आएका योजनाकारहरू सम्म पु¥याउने काम गर्दै आएको प्रहरीले जनाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान