"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कोरोना विरुद्धको कति विद्यार्थीले लगाए खोप

No data was found

Khabar Raftar

धनगढी,२फागुन । कोरोना सङ्क्रमण घटेपछि विद्यालयहरु सञ्चालनमा आएका छन् । सरकारको निर्णयअनुसार फागुन १ गतेबाट कैलालीसहित विभिन्न जिल्लाका विद्यालय खुलेका छन् । जोखिम कम भएपछि स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन सुरु गरिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका धेरैजसो विद्यार्थीलाई खोप लगाइ सकिएको छ । कैलाली र डोटी गरी दुई जिल्लाका एक लाख २९ हजारभन्दा बढी विद्यार्थीले खोप लगाइ सकेका छन् । सम्बन्धित जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा एक लाख दुई हजार ७१ र डोटीमा २७ हजार तीन सय विद्यार्थीले खोप लगाएका छन् । कैलालीमा माघ १७ देखि २७ गतेसम्म खोप अभियान सञ्चालन गरेर गरिएको थियो । यो जिल्लामा लक्ष्यको ९५।५ प्रतिशत विद्यार्थीलाई पहिलो मात्रा खोप प्रदान गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो जिल्लामा एक लाख नौ हजार २० जना विद्यार्थीलाई मोडर्ना खोप लगाइने लक्ष्य रहेको छ । विद्यालय सञ्चालनमा आइसकेकाले खोप लगाउन छुटेका बाँकी विद्यार्थीलाई अब विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति प्रतिमा महताले यसअघि विद्यालय बन्द भएपछि केही विद्यार्थी यत्रतत्र गएर खोप लगाउन छुटेका बताइन् । छुटेका विद्यार्थीलाई विद्यालय सञ्चालन भएपछि खोप लगाउने तयारी रहेको उनले जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी २१ हजार ३१४ जना विद्यार्थीलाई मोडर्नाको पहिलो डोज खोप लगाइएको छ ।

यस्तै, बर्दगोरिया गाउँपालिकाका चार हजार ५९६, घोडाघोडी नगरपालिकाका १० हजार ३०७, गौरीगङ्गा नगरपालिकाका सात हजार ८६० जना विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइएको छ । यसैगरी, कैलारी गाउँपालिकामा चार हजार १२१, भजनी नगरपालिकामा चार हजार ८४१, टीकापुर नगरपालिकामा ११ हजार ८४६ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जोशीपुर गाउँपालिकामा तीन हजार ३६७, जानकी गाउँपालिकामा चार हजार ३२५, लम्की–चुहा नगरपालिकामा १२ हजार १५५ जना विद्यार्थीलाई खोप लगाइएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
यसैगरी, गोदावरी नगरपालिकाका १२ हजार ४०९, चुरे गाउँपालिकाका दुई हजार ३२२ र मोहन्याल गाउँपालिकाका दुई हजार ६०८ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । विद्यार्थीहरुलाई एक महिनापछि दोस्रो मात्रा खोप लगाइने कोभिड स्रोत व्यक्ति महताले बताइन् । यसअघि, कात्तिकमा १२ देखि १७ वर्षका विद्यार्थीलाई फाइजर खोप लगाइएको थियो । कैलालीका दुई हजार ५८१ जना विद्यार्थीले फाइजरको खोप लगाइएको उनले जानकारी दिइन् ।

तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि गत पुस मसान्तबाट विद्यालय बन्द गरिएको थियो । विद्यालय बन्द भएपछि वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गरिदैं आइएकोमा आइतबारबाट विद्यालय खुला गरिएका हुन् । कोरोना संक्रमण दर न्यून भएपछि सरकारको निर्णयअनुसार विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यस्तै डोटीका २७ हजार ३०० विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।

डोटी नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए । उनका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका २७ हजार तीन सय बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो । यहाँका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल गाउँपालिका स्वास्थ्य प्रमुख गोविन्द विष्टले जानकारी दिए ।

पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । भारतबाट फर्कनेहरुमा पनि संक्रमण न्यून देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । संक्रमण दर ओरालो लागेपछि अस्पताल र आइसोलेसनमा संक्रमितको संख्या घटेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न