"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कोरोना विरुद्धको कति विद्यार्थीले लगाए खोप

Khabar Raftar

धनगढी,२फागुन । कोरोना सङ्क्रमण घटेपछि विद्यालयहरु सञ्चालनमा आएका छन् । सरकारको निर्णयअनुसार फागुन १ गतेबाट कैलालीसहित विभिन्न जिल्लाका विद्यालय खुलेका छन् । जोखिम कम भएपछि स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन सुरु गरिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका धेरैजसो विद्यार्थीलाई खोप लगाइ सकिएको छ । कैलाली र डोटी गरी दुई जिल्लाका एक लाख २९ हजारभन्दा बढी विद्यार्थीले खोप लगाइ सकेका छन् । सम्बन्धित जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा एक लाख दुई हजार ७१ र डोटीमा २७ हजार तीन सय विद्यार्थीले खोप लगाएका छन् । कैलालीमा माघ १७ देखि २७ गतेसम्म खोप अभियान सञ्चालन गरेर गरिएको थियो । यो जिल्लामा लक्ष्यको ९५।५ प्रतिशत विद्यार्थीलाई पहिलो मात्रा खोप प्रदान गरिएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो जिल्लामा एक लाख नौ हजार २० जना विद्यार्थीलाई मोडर्ना खोप लगाइने लक्ष्य रहेको छ । विद्यालय सञ्चालनमा आइसकेकाले खोप लगाउन छुटेका बाँकी विद्यार्थीलाई अब विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति प्रतिमा महताले यसअघि विद्यालय बन्द भएपछि केही विद्यार्थी यत्रतत्र गएर खोप लगाउन छुटेका बताइन् । छुटेका विद्यार्थीलाई विद्यालय सञ्चालन भएपछि खोप लगाउने तयारी रहेको उनले जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी २१ हजार ३१४ जना विद्यार्थीलाई मोडर्नाको पहिलो डोज खोप लगाइएको छ ।

यस्तै, बर्दगोरिया गाउँपालिकाका चार हजार ५९६, घोडाघोडी नगरपालिकाका १० हजार ३०७, गौरीगङ्गा नगरपालिकाका सात हजार ८६० जना विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइएको छ । यसैगरी, कैलारी गाउँपालिकामा चार हजार १२१, भजनी नगरपालिकामा चार हजार ८४१, टीकापुर नगरपालिकामा ११ हजार ८४६ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जोशीपुर गाउँपालिकामा तीन हजार ३६७, जानकी गाउँपालिकामा चार हजार ३२५, लम्की–चुहा नगरपालिकामा १२ हजार १५५ जना विद्यार्थीलाई खोप लगाइएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
यसैगरी, गोदावरी नगरपालिकाका १२ हजार ४०९, चुरे गाउँपालिकाका दुई हजार ३२२ र मोहन्याल गाउँपालिकाका दुई हजार ६०८ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । विद्यार्थीहरुलाई एक महिनापछि दोस्रो मात्रा खोप लगाइने कोभिड स्रोत व्यक्ति महताले बताइन् । यसअघि, कात्तिकमा १२ देखि १७ वर्षका विद्यार्थीलाई फाइजर खोप लगाइएको थियो । कैलालीका दुई हजार ५८१ जना विद्यार्थीले फाइजरको खोप लगाइएको उनले जानकारी दिइन् ।

तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि गत पुस मसान्तबाट विद्यालय बन्द गरिएको थियो । विद्यालय बन्द भएपछि वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गरिदैं आइएकोमा आइतबारबाट विद्यालय खुला गरिएका हुन् । कोरोना संक्रमण दर न्यून भएपछि सरकारको निर्णयअनुसार विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यस्तै डोटीका २७ हजार ३०० विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।

डोटी नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए । उनका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका २७ हजार तीन सय बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो । यहाँका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल गाउँपालिका स्वास्थ्य प्रमुख गोविन्द विष्टले जानकारी दिए ।

पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । भारतबाट फर्कनेहरुमा पनि संक्रमण न्यून देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । संक्रमण दर ओरालो लागेपछि अस्पताल र आइसोलेसनमा संक्रमितको संख्या घटेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन