"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

‘न बिर्सें तिमीलाई’को ‘रचना भर्सन’मा उल्लेख गरियो अञ्जु र जगदीशको नाम

Khabar Raftar

गीतकार विपिन किरणले गजल ‘न बिर्सें तिमीलाई’को रचना भर्सनको भिडियोको विवरणमा गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख गरेका छन् ।
चर्चित गीत ‘न बिर्सें तिमीलाई’केही दिनअघि रचना रिमालको स्वरमा नयाँ भर्सन सार्वजनिक गरिएको थियो । गीत सार्वजनिक भएसँगै गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख नभएकोमा चर्को आलोचना भइरहेको थियो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भिडियोको विवरणमा थपिएको छ, ‘२०६४ सालमा रञ्जना म्युजिक इन्डष्ट्रिजबाट बजारमा आएको गीतकार विपिन किरणको गीति एल्बम ‘किरण’भित्र समावेश यो गजल हामीले रि–रेकर्ड गरेर लिएर आएका छौं । उक्त समयमा अञ्जु पन्त र जगदीश समालले गाउनुभएको यो गजलको लिंक समेत यही समावेश गरेका छौं ।’

गीतकार विपिनले आफ्नो एल्बममा समावेश गीतको अभिलेख राख्ने क्रममा कानुनतः रि–रेकडिङ्ग गरेको गीतको राख्नु नपर्ने भन्ने भएकाले नराखिएको बताएका छन् ।

विवरण थप गरेपछि उनले फेसबुकमा लेखेका छन्, ‘अन्यथा मेरै रचना, मेरै एल्बम अनि आफूले दुःख साथ प्रमोसन गरेर यो उचाइमा पु¥याएका ती गजलहरुको विवरण नराख्ने भन्ने सवाल नै हुँदैन । जुन विषयमा यहाँहरुको चासोलाई सम्बोधन गर्दै सो कुरालाई हामीले गीतको विवरणमा समावेश गरिसकेका छौं ।’
अञ्जुको स्वरमा सार्वजनिक ‘नबिर्सें तिमीलाई’ इतिहासको सर्वाधिक चर्चित गजल गीत मानिन्छ । अञ्जुपछि पुरुष भर्सनमा जगदीश समालले ‘नबिर्सें तिमीलाई’ गाएका
थिए । दुवैको स्वरमा रहेका गजललाई श्रोता–दर्शकले निकै रुचाएका थिए । गीतकार विपिनले यो गजललाई किड्स भर्सन, मेल भर्सन साथै विभिन्न भाषामा अनुवाद गरेर समेत सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना