माघ २६ काठाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा देशभर २ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
त्यस्तैगरी २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ४१ रहेको छ ।
मन्त्रालयले संक्रमणदर कम हुँदै गए पनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैमा आग्रह गरेको छ ।
Post Views: 517