माघ २२ धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ३१ जनाको एन्टिजेन र १ सय १६ जनाको पीसीआर परीक्षण गर्दा ९० जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये २७ जना शनिबार नै भारतबाट फर्किेएकाहरु रहेका छन् । शनिबार सुदूरपश्चिमका नाका भएर ९ सय ७४ जना स्वदेश फर्केका छन् । निर्देशनालयका अनुसार प्रदेशमा ३ हजार ३११ जना सक्रिय संक्रमित पुगेका छन् ।
Post Views: 78