माघ २१ कञ्चनपुर
मिलको पट्टामा बेरिएर कञ्चनपुरकी ११ वर्षीया बालिकाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लामा मोहन बहादुर बस्नेतले सञ्चालन गरेको मिलमा बेरिएर दिल बहादुर खत्रीकी ११ वर्षीया छोरी ललिता खत्रीको मृत्यु भएको हो । शुक्रबार दिउँसोको समयमा खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर ललिताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी गराउनु भयो ।
Post Views: 291