"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

No data was found

Khabar Raftar

जेठ १२ धनगढी । बेहडाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन लाग्ने गङ्गादशहरा धार्मिक मेला मङ्गलबार राति १२ बजे देखि विधिवत् रूपमा सुरु भएको हो । धनगढी उपमहानगर पालिका वडा नम्बर–१६ को जङ्गल क्षेत्रमा अवस्थित बेहडाबाबा मन्दिरमा रहेको शिवलिङ्गमा मध्यरातमा पूजाआजा सहित जल चढाएर मेलाको सुरुवात गर्ने परम्परा अनुसार मेला सुरु भएको हो ।

बेहडाबाबा मन्दिरको दर्शनका लागि नेपालका विभिन्न जिल्ला सहित भारतबाट हजारौँ श्रद्धालु आउने गरेका छन् । भारतीय भक्तजनमा बेहडाबाबा प्रति विशेष श्रद्धा रहेको छ । दर्शन गरेमा शुद्ध मनले मागेका कामना पूरा हुने, सुख–शान्ति, समृद्धि तथा सन्तान प्राप्ति हुने विश्वास रहेको बताइन्छ । भारतको उत्तर प्रदेश खिरीस्थित भिराका सोहनलाल साहुले बेहडाबाबाको दर्शन र पूजाआजा गरेमा मनोकामना पूरा हुने विश्वास रहेको बताए ।

सन्तान नहुनेले बेहडाबाबाको दर्शन गरेमा सन्तान प्राप्त हुने जनविश्वास रहेको उनले बताए । विगत केही वर्षदेखि प्रत्येक वर्ष गङ्गादशहराका अवसरमा दर्शन गर्न आफू यहाँ आउने गरेको उनले बताए । जेठको चर्को गर्मीका बाबजुद पनि भारतीय श्रद्धालुहरूले गौरीफन्टा नाका देखि बेहडाबाबा मन्दिर सम्म प्रायः पैदल यात्रा गर्ने गरेका छन् । झोलाझम्टा र बालबच्चा सहित उनीहरूले करिब १२ किलोमिटरको दूरी हिँडेर पार गर्ने गरेका छन ।

मन्दिर व्यवस्थापन समितिले भारतीय श्रद्धालुका लागि मन्दिर परिसरमा धर्मशाला सञ्चालन गर्दै आएको जानकारी गराएको छ । समितिका अध्यक्ष खेमबहादुर चन्दले गङ्गादशहरा मेला जेठ गते १२ देखि १५ गतेसम्म सञ्चालन हुने जानकारी गराउदै भारतबाट आउने तीर्थालुलाई सहज आवत जावतको व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गरिएको बताए ।

नाकामा कडाइ बढेकाले दर्शनार्थीलाई सहज रूपमा आउन दिने आवश्यक वातावरण बनाउन आग्रह गरिएको उनले बताए । बेहडाबाबा मन्दिरमा भारतको लखिमपुर, पलिया, चन्दनचौकी, तिकुनियाँ, बेलराया, भिरा र साहजाँपुर लगायत क्षेत्रबाट श्रद्धालु आउने गरेका छन् । त्यसैगरी नेपालका विभिन्न जिल्लाबाट पनि भक्तजनहरु दर्शन गनएका लागि बेहडाबाबा पुग्ने गरेका छन् ।

भर्खरै

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र
बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु
अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले
सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा
व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह
कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा
निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ
कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव
यार्सागुम्बा सङ्कलन गर्न १ सय ३८ जनाले अनुमति लिए
कैलालीको कैलारी गाउपालीकामा खेतमा एक जना पुरुष मृत भेटिए

धेरै कमेन्ट गरिएको

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bccdf1c2-0eaa-4dee-9f92-5b3213387148

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

IMG_20260526_162343.jpg

बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

eb1ac3b9-96b8-4b7d-88e7-426dfbdd492d

अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले

sudur-pachim-cabinet_20230313075938

सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा

Untitled-49

व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह

266ab08d-14e5-4eaf-bf07-cc0d45be4fae

कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा

470210977_122190597560105476_4564053623791981695_n_0

निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ

rabies-sui

कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव