"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा

No data was found

Khabar Raftar

जेठ १२ अधनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी सहित कैलालीका होटल, अस्पताल, उद्योग र निर्माण कम्पनी सहित ५३ वटा व्यावसायिक प्रतिष्ठानले लामो समय देखि राज्यलाई तिर्नुपर्ने कर नबुझाएको खुलासा भएको छ ।

आन्तरिक राजस्व कार्यालय, धनगढीले समयमै कर नतिर्ने, पटक–पटकको ताकेता अटेरी गर्ने तथा केही सम्पर्कविहीन रहेका व्यवसायीहरूको नाम सार्वजनिक गर्दै १५ दिनभित्र कर चुक्ता गर्न अन्तिम चेतावनी दिए पछि कर नबुझाएको खुलासा भएको  हो ।

आन्तरिक राजस्व कार्यालय, धनगढीले मंगलबार जारी गरेको सार्वजनिक सूचना अनुसार तोकिएको म्याद भित्र बक्यौता नतिरे मूल्य अभिवृद्धि कर ऐन, २०५२ र आयकर ऐन, २०५८ बमोजिम बैंक खाता रोक्का, चल–अचल सम्पत्ति जफत तथा व्यावसायिक कारोबार र आयात–निर्यात समेत रोक्का गर्ने कानुनी प्रक्रिया अगाडि बढाइने छ ।

कार्यालयका अनुसार यसअघि करदाता व्यवसायीहरूलाई फोन, एसएमएस तथा पत्राचार मार्फत पटक–पटक जानकारी गराइए पनि केहीले अटेर गरेको र केही फर्म सम्पर्कविहीन भएपछि बाध्य भएर सार्वजनिक सूचना मार्फत नामावली प्रकाशन गर्नुपरेको हो ।

कर नबुझाउने प्रतिष्ठानहरूमा धनगढीका चर्चित अस्पताल, होटल र उद्योगहरू पनि रहेका छन् । माया मेट्रो हस्पिटल प्रा.लि., नोभा हस्पिटल प्रा.लि., होटल डिभोटी एण्ड रेष्टुरेन्ट बार, वासु लिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज लि., सुदूर फुड इण्डष्ट्रिज, सेति प्लाष्टिक उद्योग, केदार इटा उद्योग र शुभश्री प्यालेस प्रालि जस्ता प्रतिष्ठान कर नतिर्ने सूचीमा समावेश भएका छन् ।

त्यसैगरी व्यापारिक फर्म तथा सप्लायर्सतर्फ सिमाइलेश्वर स्टोर, नव गोपाल इम्पोरियम, रोदन ट्रेडर्स, शाहजी सप्लायर्स, एकेजिएन सप्लायर्स, किसान ट्रेडिङ कन्सर्न, लाल ट्रेडर्स, एमके सप्लायर्स, डिएस सप्लायर्स र मंगलेश्वर मल्टी ट्रेड एण्ड सप्लायर्स कर नतिर्ने सूचीमा रहेका छन् ।

निर्माण तथा ठेक्का व्यवसायमा संलग्न श्रेष्ठ कन्स्ट्रक्सन, सुरुची कन्स्ट्रक्सन, देवरथी कन्स्ट्रक्सन, यमुना कन्स्ट्रक्सन, एसएस कन्स्ट्रक्सन, एलबि निर्माण सेवा, उच्चाकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि तथा नन्देगडा कन्स्ट्रक्सन–रुपाली कन्स्ट्रक्सन जेभी पनि कर नबुझाउने सूचीमा रहेका छन् । आन्तरिक राजस्व कार्यालयले तोकिएको समयसीमा भित्र कर चुक्ता गरी कानुनी झन्झटबाट जोगिन सबै सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ ।

भर्खरै

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र
बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु
अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले
सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा
व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह
कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा
निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ
कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव
यार्सागुम्बा सङ्कलन गर्न १ सय ३८ जनाले अनुमति लिए
कैलालीको कैलारी गाउपालीकामा खेतमा एक जना पुरुष मृत भेटिए

धेरै कमेन्ट गरिएको

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bccdf1c2-0eaa-4dee-9f92-5b3213387148

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

IMG_20260526_162343.jpg

बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

eb1ac3b9-96b8-4b7d-88e7-426dfbdd492d

अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले

sudur-pachim-cabinet_20230313075938

सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा

Untitled-49

व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह

266ab08d-14e5-4eaf-bf07-cc0d45be4fae

कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा

470210977_122190597560105476_4564053623791981695_n_0

निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ

rabies-sui

कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव