"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले

No data was found

Khabar Raftar

जेठ १२ टीकापुर । अत्याधिक गर्मी बढेपछि कैलालीको टिकापुर स्थित एउटा विद्यालयका विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन् । सोमबार र मंगलबार टीकापुरस्थित कर्णाली माध्यामीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेहोस् भएका हुन । सोमबार चार जना विद्यार्थी बेहोस् भपछि उनीहरुलाई आराम कक्षमा राखेर उपचार गरिएको थियो । मंगलबार पनि दुई जना किशोरी बिरामी भएको कर्णाली माध्यामीक विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले बताए ।

गर्मीले बालबालिका र शिक्षकलाई पठन पाठन गर्न कठिन भएको बताउदै उनले गर्मी बढेपछि विद्यालयमा बिहानको प्रार्थना बन्द गरिएको बताए । एउटै कक्षामा सयौँ विद्यार्थी भएको बताउदै उनले गर्मीले दैनिक रूपमा विद्यार्थी बिरामी हुन थालेपछि बिरामीलाई आराम कक्षमा आराम गराएर घर पुरयाउने गरिएको बताए । कैलालीको तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेका कारण गर्मी बढेकाले दिउँसोको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या हुन थालेको उनले बताए ।

टीकापुरका कतिपय विद्यालयमा एउटै कक्षामा विद्यार्थी सङ्ख्या धेरै भएपनि पङ्खा थोरै हुँदा गर्मीमा अध्ययनमा समस्या हुन थालेको उनीहरुले बताएका छन । गर्मीका समयमा विद्युत् अनियमित हुँदा विद्यार्थीलाई बढी समस्या हुने गरेको बताईएको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका नायब मौसम विज्ञान सहायक वीरेन्द प्रसाद कुशवाहले सोमबार कैलालीको तापक्रम ४१.४ डिग्री सेल्सियस मापन गरिएको जानकारी गराउदै आइतबार ४० डिग्री सेल्सियस पुगेको जानकारी गराए ।

मंगलबार अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहेको उनले बताए । चालिस डिग्री सेल्सियस माथि तापक्रम पुगेपछि पठनपाठन प्रभावित हुन थालेको छ । खड्ग स्मृति माध्यामीक विद्यालयका अमित परियारले एउटै कक्षामा ८० जना भन्दा माथि विद्यार्थी भएकाले अध्ययनमा समस्या भइरहेको बताउदै विद्यार्थी बिरामी हुने,बेहोस हुने जस्ता समस्या भएको बताए । ’कतिपय गर्मी सहन नसकेर बीचमै पढाइ छोडेर घर जाने गरेको बताउदै उनले टाउको दुख्यो, चक्कर आयो भन्ने बढेको बताए ।

राष्ट्रिय माध्यामीक विद्यालय मनिकापुरकी अनुष्का चौधरीले एउटै कक्षामा धेरै विद्यार्थी भएको बताउदै पङ्खाको सङ्ख्या कम भएको अबश्थामा बत्ति जाँदा झनै कठिन हुने गरेको बताइन् । वत्ती गएका बेला असिनपसिन हुने बताउदै उनले एक सातायता गर्मी सहन नसकिने भएको बताईन । त्यसैगरी त्रिभुवन माध्यामीक विद्यालयकी सञ्जिता चौधरीले विद्यालयका पङ्खा गतिला नभएकाले गर्मीमा समस्या हुने गरेको बताइन् ।

’पङ्खा भए पनि राम्रो हावा दिने खालका नभएको बताउदै उनले बिजुली अनियमित हुँदा झनै कठिन हने गरेको बताईन । कालिका आधारभूत विद्यालयकी अनुष्का विकले कक्षामा तीन वटा पङ्खा भए पनि दुई वटा मात्र राम्ररी चल्ने, बिजुली गएका बेला पङ्खाबिनै बस्नुपर्दा समस्या हुने गरेको बताइन् । जनज्योति आधारभूत विद्यालयकी मिष्टिना सञ्ज्यालले कक्षा कोठामा भएका चार वटा पङ्खामा दुई वटा मात्र चल्दा विद्यार्थीलाई गर्मीले समस्या हुने गरेको बताईन । दुई वटा पङ्खा बिग्रिएको बताउदै उनले तिनको मर्मत पनि नगरिएको बताईन ।

दिउँसो १२ बजेपछि विद्यार्थीलाई गर्मी सहन गाह्रो हुने बताउदै उनले विद्यालयमा चिसो पानीको सुविधा पनि नभएको बताईन । टीकापुरका धेरै जसो विद्यालय दिउँसोको समयमा सञ्चालनमा रहेका छन् । जेठको अत्याधिक गर्मीका बेला पनि बिहानी कक्षा सञ्चालन गरिएको छैन । दिउँसो बालबालिकालाई गर्मीले सताउने गरेको अभिभावले समेत गुनासो गर्ने गरेका छन । केही विद्यालयमा टिनका छाना भएकाले बिजुली गएका बेला बस्नै कठिन हुने गरेको छ ।

विद्यालयले चाहे अनुसार बिहान वा दिउँसो कक्षा सञ्चालन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताएका छन । अभिभावक, विद्यार्थीबाट गुनासो आएको बताउदै उनले विद्यालय बन्द गर्दा कोर्स पूरा नहुने भएकाले विद्यालयमा पङ्खा लगायतका समस्या विद्यालयले व्यवस्थापन गर्नु पर्ने बताए ।

समस्या भए पालिकाले सघाउँने बताउदै उनले कक्षा सञ्चालनका लागि विद्यालयले अवस्था अनुसार बिहान वा दिउँसो कक्षा सञ्चालन गर्न सक्ने बताए । टीकापपुरमै केही दिन अघि पनि तालिमका क्रममा सशस्त्र प्रहरी बलका जवान ‘हिट स्ट्रोक’का कारण बेहोस भएका थिए । उनीहरुको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।

भर्खरै

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र
बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु
अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले
सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा
व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह
कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा
निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ
कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव
यार्सागुम्बा सङ्कलन गर्न १ सय ३८ जनाले अनुमति लिए
कैलालीको कैलारी गाउपालीकामा खेतमा एक जना पुरुष मृत भेटिए

धेरै कमेन्ट गरिएको

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bccdf1c2-0eaa-4dee-9f92-5b3213387148

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

IMG_20260526_162343.jpg

बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

eb1ac3b9-96b8-4b7d-88e7-426dfbdd492d

अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले

sudur-pachim-cabinet_20230313075938

सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा

Untitled-49

व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह

266ab08d-14e5-4eaf-bf07-cc0d45be4fae

कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा

470210977_122190597560105476_4564053623791981695_n_0

निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ

rabies-sui

कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव