"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा

No data was found

Khabar Raftar

जेठ १२ धनगढी । सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा चलेको छ । सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सभाले पाँच वर्षे कार्यकाल पूरा गरेको भए पनि प्रदेश सभाको दोस्रो कार्यकालमा चार पटक सरकार परिवर्तन भइसकेको अबश्थामा पाचौ पटक सरकार परिवर्तनको  चर्चा चलेको हो । पहिलो ससंघीयता कार्यान्वयन पछि पहिलो पटक २०७४ सालमा प्रदेश सभा निर्वाचन भएपछि सात वटा प्रदेशमध्ये पाँच वटा प्रदेशका सरकार पटक पटक परिवर्तन भए पनि मधेस र सुदूरपश्चिम प्रदेश सरकार पूरा अवधि स्थिर रहेका थिए ।

सुदूरपश्चिम सरकारको नेतृत्व साविकको नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टले गरेका थिए । कतिपयले उनलाई भाग्यमानी मुख्यमन्त्रीका रूपमा व्याख्या गर्ने गरेका छन । केन्द्रमा समीकरण फेरिँदा पनि सुदूरपश्चिम सरकारको नेतृत्व फेरिएको थिएन । प्रदेश सभाको दोस्रो कार्यकालमा भने सुदूरपश्चिम प्रदेशमा चार पटक सरकार परिवर्तन भइसकेको छ । अब पाँचौँ पटक सरकार परिवर्तन हुने चर्चा चलेको छ । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकाल अन्तर्गत २०७९ पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल पहिलो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए ।

माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २९ जना सांसदको साथ पाएर मुख्यमन्त्री बनेका रावलको यात्रा लामो समय सम्म टिकेन । मुख्यमन्त्री बनेको एक महिना पछि संसदीय अङ्कगणितमा निर्णायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पछि रावल पदमुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ जना सांसद आवश्यक पर्ने भए पनि उनले उक्त सङ्ख्या जुटाउन सकेका थिएनन् ।

रावल पछि २०७९ माघ २६ गते नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्रीको कुर्सी सम्हालेका थिए । उनलाई माओवादी, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्र सांसद ताराप्रसाद जोशीको साथ रहेको थियो । २०८० चैत २२ गते केन्द्रमा राजनीतिक समीकरण फेरिए पछि उनले राजीनामा दिनु प¥यो । शाहको बहिर्गमन पछि २०८१ वैशाख ६ गते नेकपा (एकीकृत समाजवादी) का दीर्घ बहादुर सोडारी मुख्यमन्त्री नियुक्त भए ।

सोडारीको कार्यकाल पनि निकै छोटो रह्यो । नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद र दुई फरक दाबीका बिच प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीका लागि आह्वान गरेपछि सोडारीले एमाले, माओवादी र नाउपाको समर्थनमा सरकार बनाएका थिए । सोडारीको कार्यकाल पनि सुखद रहेन । २०८१ साउन १८ मा विश्वासको मत पाउन नसके पछि उनले राजीनामा दिए । हाल उनी भ्रष्टाचारको मुद्दाका कारण प्रदेश सभा सदस्य पदबाट समेत निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दाका कारण सोडारीको राजनीतिक यात्रा अहिले सङ्कटमा रहेको छ ।

सोडारीपछि २०८१ साउन १० मा फेरि कांग्रेसका कमल बहादुर शाह एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बने र अहिले पनि सरकारको नेतृत्व गरिरहेका छन् । सुदूरपश्चिमको सत्ता फेरबदलको यो यात्रा अहिले फेरि नयाँ मोडमा पुगेको छ । माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादी बिचको एकताले प्रदेश सभामा नयाँ समीकरण बनेको छ । यी दलहरू मिलेर बनेको नेकपा २१ सिट सहित प्रदेशकै सबैभन्दा ठुलो दल बनेको छ ।

नेकपाका सांसद मानबहादुर धामीका अनुसार अहिले कांग्रेस, एमाले र नेकपाबिच संयुक्त सरकार बनाउने वा पार्टी नै एकीकरण गर्ने स्तरको छलफल चलिरहेको छ । ‘हामी सरकार चलाउन मात्र होइन, तीन वटै शक्ति मिलेर अघि बढ्ने र पार्टी नै एक गराउने विषयमा छलफलमा छौँ । केन्द्रबाट ठोस निर्देशन आएपछि यहाँको सरकारमा पनि त्यसैअनुसार परिवर्तन आउन सक्छ,’ उनले भने । सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामीे भने अहिलेकै कांग्रेस–एमाले समीकरणलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

अन्य दलहरू जोड्नु उपयुक्त नहुने तर्क गर्दै उनले यदि समीकरण फेरबदल हुने भए कांग्रेसले सरकार छोड्नु पर्ने उनले बताएका छन । एमालेका मन्त्री वीरबहादुर थापा पनि माथिल्लो तहको निर्णयकै पर्खाइमा रहेको बताउँछन् । सुदूरपश्चिम प्रदेशमा भइरहेको यो निरन्तरको सरकार फेरबदलले सरकारको कामकारबाहीमा असर पर्ने विश्लेषकहरूको भनाइ छ । पूर्वशिक्षक तथा प्रदेशको राजनीतिलाई नजिकबाट नियालिरहने हरिचन्द्र विष्ट यसरी पटक–पटक सरकार परिवर्तन हुँदा प्रदेशको विकास र सुशासनमा गम्भीर असर पर्ने बताउँछन् ।

विष्टका अनुसार सरकार फेरिरहँदा कर्मचारीतन्त्र अन्योलमा पर्छ, जसका कारण नीतिगत निर्णयहरू कार्यान्वयन हुन पाउँदैनन् । ‘अघिल्लो पटक त्रिलोचन भट्टले पाँच वर्ष सरकार चलाउँदा एउटा पद्धति बस्न खोजेको थियो, तर अहिलेको अस्थिरताले प्रदेश संरचना प्रति नै नागरिकको विश्वास गुम्दै गएको छ,’ उनले भने । विष्टका अनुसार बारम्बारको सत्ता परिवर्तनले बजेट खर्च हुन नपाउने, विकास योजनाहरू अलपत्र पर्ने र वैदेशिक लगानीकर्ताहरू समेत डराउने स्थिति सिर्जना हुन्छ ।

एउटा मन्त्रीले योजना बुझ्दाबुझ्दै अर्को मन्त्री आउने परिपाटीले काम भन्दा बढी कागजी प्रक्रियामा समय खेर गइरहेको उनको बुझाई छ । अहिले ५३ सदस्यीय प्रदेश सभामा एक जनाको राजीनामा र एक जनाको निलम्बन पछि ५१ सांसद कायम छन् । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा टिकेको वर्तमान सरकार अब ठुलो दलका रूपमा उदाएको नेकपाको दबाबमा परेको छ ।

 

भर्खरै

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र
बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु
अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले
सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा
व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह
कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा
निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ
कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव
यार्सागुम्बा सङ्कलन गर्न १ सय ३८ जनाले अनुमति लिए
कैलालीको कैलारी गाउपालीकामा खेतमा एक जना पुरुष मृत भेटिए

धेरै कमेन्ट गरिएको

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bccdf1c2-0eaa-4dee-9f92-5b3213387148

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

IMG_20260526_162343.jpg

बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

eb1ac3b9-96b8-4b7d-88e7-426dfbdd492d

अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले

sudur-pachim-cabinet_20230313075938

सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा

Untitled-49

व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह

266ab08d-14e5-4eaf-bf07-cc0d45be4fae

कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा

470210977_122190597560105476_4564053623791981695_n_0

निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ

rabies-sui

कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव