"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पार्टीमा भ्रम फैलाउने काम भएको छ ः बलायर

No data was found

Khabar Raftar

ठ १० धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीको केन्द्रीय नेतृत्व सभापति गगन थापा पक्षप्रति आक्रोश पोख्दै उनीहरूले पार्टीमा भ्रम फैलाएको आरोप लगाएका छन् । धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले नयाँ भनाउँदा नेताहरूले पार्टीको जग र बलिदान नबुझेको बताउदै पार्टीमा भ्रम फैलाएको आरोप लगाएका हुन ।

सम्बोधनका क्रममा सभापति बलायरले सभापति गगन थापाको नाम नलिई उनीप्रति लक्षित गर्दै कडा व्यङ्ग्य गरेका छन ।‘२०४० सालमा जन्मेकाहरूले बीपी कोइरालासँग बनारसमा भेटेको गफ दिइरहेको बतउदै उनले यो अप्राकृतिक कुरा भएको बताए । थापाले पार्टी सदस्यता नवीकरण र लेवीका विषयमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउदै उनले हिजो महामन्त्री हुँदा नवीकरण गर भनेर परिपत्र गर्ने, आज त्यही विषयमा भ्रम फैलाउने रंगीन कुराले पार्टी नचल्ने बताए ।

सभापति बलायर सम्बोधनको क्रममा निकै आक्रोशित भएका थिए । ‘हामी शेरबहादुर देउवाको प्रेरणाले कांग्रेसमा लागेका हौँ । कसैको घमन्डले कांग्रेस चल्दैन’उनले भने । पार्टीभित्र अनुशासनको कुरा गर्दै बलायरले प्रदेश सभापतिको निर्देशन र पार्टीको मापदण्ड नमान्नेहरूलाई पार्टीबाट निकाल्ने चेतावनी दिए ।‘जरा उखेल्नेहरूलाई हामीले हेरेर बस्दैनौँ ।

हाम्रो मापदण्ड जसले मान्दैन, उसलाई फ्यात्त फालिदिन्छौँ,’ उनले भने । कांग्रेसका कार्यकर्ताले रगत, पसिना र छोराछोरीको गाँस काटेर पार्टी बचाएको बताउदै उनले नेताहरूलाई पदको लोभ नगर्न सुझाव दिए ।‘कांग्रेस कमजोर भएको दिन देशको राष्ट्रियता संकटमा पर्न बताउदै उनले कांग्रेसलाई सिद्ध्याउने खेलविरुद्ध उभिनु परेको बताए ।

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा चलिरहेको छ । कांग्रेस प्रदेश समिति आयोजक रहेको भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू सहभागी भएका छन् । पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित यो प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू भेलामा सहभागी भएका छैनन् । प्रदेश सभापति वीरबहादुर बलायरको अध्यक्षतामा भइरहेको भेलामा प्रमुख अतिथि निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदलाई बनाइएको छ ।

भेलामा पूर्वमन्त्री रमेश लेखक, मोहन बहादुर बस्नेत, सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, कुन्दन काफ्ले, ईश्वरी न्यौपाने, रामजनम चौधरी, अर्जुनजंग बहादुर सिंह, गोविन्द बहादुर शाह, रणबहादुर रावल, नैनसिंह महर, निर्प ओड, विद्या तिमिल्सिना लगायतका अतिथि रहेका छन् ।

ब्यानरमा निवर्तमान सभापति देउवाको तस्बिर राखिएको छ भने सभापति गगन थापाको तस्बिर राखिएको छैन । भेलामा जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सांसद लगायतको सहभागीता रहेको छ भने संस्थापन पक्षका नेताहरूको सहभागिता रहेको छैन ।

भर्खरै

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र
बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु
अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले
सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा
व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह
कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा
निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ
कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव
यार्सागुम्बा सङ्कलन गर्न १ सय ३८ जनाले अनुमति लिए
कैलालीको कैलारी गाउपालीकामा खेतमा एक जना पुरुष मृत भेटिए

धेरै कमेन्ट गरिएको

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bccdf1c2-0eaa-4dee-9f92-5b3213387148

बालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य सहित सुदूरपश्च्मि प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

IMG_20260526_162343.jpg

बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

eb1ac3b9-96b8-4b7d-88e7-426dfbdd492d

अत्याधिक गर्मी बढेपछि विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थाले

sudur-pachim-cabinet_20230313075938

सुदूरपश्चिम प्रदेशमा पाँचौँ पटक सरकार परिवर्तनको चर्चा

Untitled-49

व्यक्ति अनुकूलतामा नभई देश र जनता प्रति उत्तरदायी भएर कानुनको कार्यान्वयन गरिनु पर्छः मुख्यमन्त्री शाह

266ab08d-14e5-4eaf-bf07-cc0d45be4fae

कैलालीका ५३ वटा व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा

470210977_122190597560105476_4564053623791981695_n_0

निर्माण व्यवसायीबीच सुखडस्थित होटलमा झगडा हुँदा पाँच जना पक्राउ

rabies-sui

कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा रेबिज सुइँको अभाव