"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

No data was found

Khabar Raftar

बैशाख १५ बाजुरा । बाजुराको पर्यटकीय स्थलका रूपमा परिचित रानीसैन पछिल्लो समय बेरोजगार युवाको रोजगारीको माध्यम बनेको छ । हिमाली गाउँपालिकाले रानीसैनको संरक्षण तथा प्रवर्धनलाई प्राथमिकतामा राखेर बाटो बनाइदिए पछि बेरोजगार युवाका लागि रोजगारीको माध्यम बनेकोे हो ।

हिमाली गाउँपालिकाले केही वर्षयता त्यहाँसम्म पुग्ने गोरेटोबाटो निर्माण गरिदिए पछि आन्तरिक तथा बाह्य पर्यटक पनि पुग्न थालेको हिमाली गाउँपालिका वडा नम्बर ३ का मङ्गलबहादुर बुढाले जानकारी गराए  । पर्यटक पुग्न थालेसँगै गाउँ बस्तीका बेरोजगार युवाका लागि रोजगारीको अवसर सिर्जना हुन थालेकोे जानकारी गराउदै उनले पर्यटकीय स्थल रानीसैनले बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना गरिदिएको जानकारी गराए  ।

केही वर्ष पहिला रानीसैन गुमनाम रहेको बताउदै उनले अहिले स्थानीय सरकारले गोरेटोबाटो सम्म निर्माण गरेपछि प्रचार प्रसारमा आउन थालेको जानकारी गराए  । आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेपछि उनीहरूको सामान बोकेर बेरोजगार युवाले दैनिक तीन हजार रुपैयाँ सम्म कमाउन थालेको जानकारी गराउदै उनले पर्यटकीय स्थललाई अझै व्यवस्थित गर्न सकेमा हिमाली गाउँका स्थानीयको लागि ठुलो अवसर सिर्जना हुन सक्ने बताए ।

अहिले आएका पाहुनालाई खाने, बास बस्ने ठाउँ राम्रो नभएको बताउदै उनले त्यसको ब्याबश्था गर्न सके जिल्ला भरिका युवा बेरोजगार भएर बस्नु नपर्ने बताए  । त्यसको उचित व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकासमा जोड दिनु पर्ने जानकारी गराउदै उनले जिल्ला सदरमुकाम मार्तडी देखि करिब १ सय ६५ किलोमिटर दुरीमा रहेको रानीसैनबाट छिमेकी जिल्ला बझाङको साइपाल र मानसरोवर जान नजिक रहेको जानकारी गराए  । रानीसैन अत्यन्तै आकर्षक तथा मनमोहक ठाउँ भएको उनले बताए ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन