"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

No data was found

Khabar Raftar

बैशाख १५ धनगढी । बझाङमा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा नपुगेको विषउ उठान गर्दै जेनजी युवा नेता कमल थापाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन ।

विद्युत् विस्तारलाई तीव्रता दिन र बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्दै उनले सिँचाइ मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा दुर्गाथली गाउँपालिका वडा नम्बर ५, ६, ७, थलारा गाउँपालिका वडा नम्बर २, ३, ४, ७, ८, केदारस्यु गाउँपालिका वडा नम्बर ६, ७, ८ तथा बुङ्गल नगरपालिका वडा नम्बर २, ३, १० लगायतका विभिन्न बस्तीहरू अझै पनि विद्युत् सेवाबाट वञ्चित रहेको उल्लेख गरिएको छ ।

थापाले ज्ञापनपत्र बुझाउँदै विद्युत् अभावकै कारण स्थानीयवासीहरू शिक्षा, स्वास्थ्य, सञ्चार तथा दैनिक जीवनका आधारभूत सेवाबाट समेत प्रभावित भइरहेको बताएका छन ।

२१ औँ शताब्दीमा पनि बझाङका नागरिक अन्धकारमा बस्न बाध्य हुनु दुःखद विषय भएको बताउदै उनले अब सरकारले गम्भीर भएर तत्काल ठोस कदम चाल्नुपर्ने बताएका छन । ठेक्का प्रक्रिया पूरा भइसके पनि कार्यान्वयनमा भइरहेको ढिलासुस्ती प्रति आपत्ति जनाउँदै निर्माण व्यवसायीहरूलाई काम छिटो सम्पन्न गराउन उनले माग गरेका छन ।

त्यसैगरी, सुदूरपश्चिमको गौरवका रूपमा लिइएको पश्चिम सेती जलविद्युत् आयोजना लामो समय देखि अन्यौलमा परिरहेको बताउदै उनले यसलाई यथाशीघ्र अघि बढाउनु पर्नेमा जोड दिएका छन । आयोजना सञ्चालनमा आएमा हजारौँ युवालाई रोजगारी सिर्जना हुने र क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले बताएका छन ।

विद्युत् आजको आधारभूत आवश्यकता भएकाले यसको अभावले जनजीवनमा गम्भीर असर परेको ज्ञापन पत्रमा उल्लेख गर्दै सम्बन्धित निकायलाई उच्च प्राथमिकताका साथ काम अघि बढाउन निर्देशन दिन सरकारसँग आग्रह गरिएको छ । साथै, निर्धारित समयमै आयोजना सम्पन्न गर्न ठेकेदारहरूलाई जिम्मेवार बनाउने व्यवस्था गर्न पनि माग गरिएको छ ।

स्थानीयवासीहरूले सरकारको ध्यानाकर्षण गराउँदै अब ढिला नगरी विद्युत् सेवा विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनमा ठोस निर्णय लिनु पर्ने बताएका छन् ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन