"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

No data was found

Khabar Raftar

बैशाख १५ धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका स्थित लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नती गर्ने बाटो खुलेको छ । नगरपालिकाले प्रदेश सरकार विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषण रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अस्पताल स्तरोन्नती गर्ने बाटो खुलेको हो ।

स्थानीय सरकार र प्रदेश सरकारबीच लामो समय देखि विवाद रहँदै आएको अबश्थामा नगरपालिकाले चैत २४ गते सर्वोच्च अदालतमा रिट दायर गर्दै प्रदेश सरकारले गठन गरेको अस्पताल व्यवस्थापन समिति तथा सोसँग सम्बन्धित निर्णय, कामकारबाही र पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेको थियो । साथै अस्पताल क्षेत्रमा अनावश्यक हुलहुज्जत तथा प्रचारबाजी रोक्न पनि माग गरिएको थियो ।

सोमबार न्यायाधीश सुनिल पोखरेल र नित्यानन्द पाण्डेको इजलासले उक्त निवेदन माथि अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको ठहर गर्दै आदेश दिएको हो । नगरपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकार, सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालयका मन्त्री र सचिवलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलर अधिवक्ता भेषराज पन्तले बहस गरेका थिए भने विपक्षीका तर्फबाट मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले बहस गरेका थिए ।

सर्वोच्च अदालतको यस निर्णयसँगै लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने बाटो खुलेको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा अस्पताल स्तरोन्नतीका लागि करिब साढे चार करोड रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन