"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

No data was found

Khabar Raftar

बैशाख १५ बाजुरा । बाजुराका अधिकांश किसान स्याउ खेती प्रति आकर्षित बन्दै गएका छन । गाउँबस्ती सडक सञ्जालसंग जोडीएसंगै उत्पादन गरिएको स्याउ देशको ठुला सहर बजारमा बिक्री हुन थालेपछि अधिकांश किसान स्याउ खेती प्रति आकर्षित बन्दै गएका हुन ।

बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ८ का किसान चक्रबहादुर कठायतले पहिले गाउँ बस्ति सडक सञ्जालको पहुँचमा नहुँदा स्थानीय किसानले स्याउ खेतीप्रति खासै चासो नदेखाएको बताउदै अहिले गाउँ बस्ति सडक सञ्जालको पहुँचमा पुगेपछि स्याउ खेतीले जीविकोपार्जनमा सहज हुन थाले पछि स्याउ खेती प्रति किसानको आकर्षण बढ्दै गएको बताए ।

पहिले गाउँमा सडक नहुँदा गाडी पनि नआउने बताउदै उनले अहिले गाउँघरमा सडक पुगेपछि दिनानुदिन गाडी पनि घरको आँगनमै आउन थालेको बताए । सडक सञ्जालसंग गाउबस्ति जोडीए पछि उत्पादन गरेको स्याउ पनि गाडीमा राखेर बजारमा बिक्री गर्न लैजान सहज हुने गरेको उनले जानकारी गराए ।

पहिला गाउँमा धान गहुँ जौ लगायतका अन्नबाली बढी लगाउने गरेको बताउदै उनले अहिले स्याउ खेतीले स्थानीयको जिविकोपार्जनमा सहज देखिएकाले अन्नबाली भन्दा किसानले स्याउ खेती बढी गर्ने गरेको उनले जानकारी गराए । बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा खप्तड छेडेदह लगायतका ठाउँमा स्याउ उत्पादन हुने गरेको उनले जानकारी गराए ।

कृषि ज्ञान केन्द्र बाजुराको प्रमुख जसिराम साहनीले बाजुराको सबैभन्दा बढी बडीमालिका वडा नम्बर ९ र १० को पाण्डुसैनमा स्याउ उत्पादन हुने गरेको जानकारी गराए । त्यसैगरी हिमाली,स्वामिकार्तिक खापर र जगनाथमा पनि स्याउ राम्रो फल्ने गरेको उनले जानकारी गराए । पछिल्लो समय बाजुरा जिल्लाको गौमुल, बडीमालिका र बुढीगङ्गा नगरपालिकामा समेत स्याउ उत्पादन हुने गरेको उनले जानकारी गराए ।

अहिले किसानले उत्पादन गरेको बाजुराको अर्गानिक स्याउ, देशका विभिन्न सहरमा पुग्ने गरेको जानकारी गराउदै उनले पहिला बाजुराको हिमाली, स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुने गरेको जानकारी गराए । अहिले गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको जानकारी गराउदै उनले बाजुरामा १ सय ७० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको जानकारी गराए ।

पहिला बाजुरामा थोरै स्याउ उत्पादन हुने गरेको बताउदै उनले त्यो स्याउ पनि कतै बिक्री नभएर किसानले गाई गोरुलाई खुवाउने गरेको जानकारी गराए । अहिले जिल्लामा उत्पादन भएको अग्र्यानिक स्याउ कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा देशका विभिन्न सहरमा बिक्री हुने गरेको उनले जानकारी गराए ।

पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी, गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुने गरेको उनले जानकारी गराए । गत वर्षमा एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी गराउदै उनले त्यसमा झण्डै ६ सय मेट्रिक टन स्याउ देशको विभिन्न सहरमा बिक्री भएको जानकारी गराए ।

भर्खरै

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी
रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन
बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र
कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान
धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै
लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन
कञ्चनपुरको शुक्लाफाँटामा डिप ट्युबवेल जडान पछि किसान उत्साहित
अस्पताललाई सुविधायुक्त बनाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

23455

दार्चुलामा जग्गाधनीपुर्जा वितरणको तयारी

dc8073fb-3044-4cad-80c9-121e883f3f7d

रोजगारी माध्याम बन्दै बाजुराको रानीसैन

58feaf18-6e5e-4f42-a14a-29647293ab42

बिद्युतको माग सहित जेनजी युवा थापाले बुझाए ऊर्जा मन्त्रीलाई ज्ञापनपत्र

lamkichuha-Hospital

कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

45640e0c-e8a1-4cd4-a164-3cec60fe1d0d

स्याउ खेती प्रति आकर्षित बन्दै बाजुराका किसान

b74ee8bb-2369-4a33-9123-16d391278c78

धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने

3be7f16a-5085-45dc-ac4c-70ee9fea07f7

फोहोर मिसिँदा महाकाली नदीमा प्रदूषण बढ्दै

e96036e1-795f-4ddc-95a1-7f1de1fcf2a8

लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन