बैशाख १५ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा लागू औषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, बालबालिकाको स्वस्फुर्त निर्णय लिन सक्ने—सबैले निकालौँ निकास” भन्ने मूल नारा सहित कार्यक्रम सञ्चालन गरिएको हो ।
कृष्णपुर नगर स्तरीय बाल सञ्जालको आयोजना तथा नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको उक्त कार्यक्रम हालसम्म वडा नम्बरं. १, २, ३, ४, ५ र ९ मा सम्पन्न भइसकेको छ भने वडा नंम्बर ६, ७ र ८ मा सञ्चालन हुन बाँकी रहेको जनाइएको छ । प्रत्येक वडामा करिब ५० जना बालबालिका तथा युवाको सहभागिता रहने गरेको बताईएको छ ।
बाल सञ्जालका सचिव टेक जोशीले कार्यक्रममा लागू औषधको असर, सामाजिक तथा व्यक्तिगत प्रभाव र रोकथामका उपायबारे जानकारी दिइँदै आएको जानकारी गराए । उनले सहभागी बालबालिकाले सिकेका कुरा आफ्ना समुदायमा पनि फैलाउने अपेक्षा गरिएको जानकारी गराए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरका प्रहरी नायव निरीक्षक विष्णुदेव भट्टले लागू औषध दुव्र्यसनका जोखिम, कानुनी पक्ष र बच्ने उपायबारे प्रशिक्षण दिइरहेको जानकारी गराए । उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको अभियानमा दुव्र्यसनमा फसेका बालबालिकाको समेत सहभागिता रहेको जानकारी गराए ।
त्यसैगरी नगर प्रमुख हेमराज ओझाले बालबालिकालाई भविष्यका कर्णधारका रूपमा उल्लेख गर्दै उनीहरूलाई दुव्र्यसनबाट जोगाउन समयमै सचेतना फैलाउनु आवश्यक रहेको जानकारी गराए । उनले यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, निर्णय क्षमता र सामाजिक जिम्मेवारी विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमले लागू औषध दुव्र्यसन न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको जानकारी गराउदै उनले सार्वजनिक स्थल र समुदाय स्तरमा विस्तार गर्न सके अझ प्रभावकारी हुने जानकारी गराए नगर उप–प्रमुख द्रोपती रानाले लागू औषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बनेको बताउर्दैै यसको न्यूनीकरणका लागि परिवार, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको जानकारी गराइन । कार्यक्रम कृष्णपुर नगर बाल सञ्जालका अध्यक्ष अशोक धामी र महिला तथा बालबालिका शाखाकी चन्द्रा तिमिल्सिनाको नेतृत्वमा सञ्चालन भइरहेको बताइएको छ ।


