बैशाख ०८ कञ्चनपुर । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या गरिएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर–५ भानुबस्ती बस्ने १८ वर्षीय उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
नामथर नखुलेको व्याक्तिले सोमबार राती साढे १ बजेको समयमा सायरको छातीमा धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ ।
घाइते उज्जल सायरको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, कञ्चनपुरले प्रहरी टोली परिचालन गरी धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजतलास भईरहेको जानकारी गराउदै घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।
Post Views: 2


