"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु

No data was found

Khabar Raftar

बैशाख ०८ कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा मंगलबार देखि बाह्रसिङ्गाको गणना सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले गणना सुरु गरिएको बताउदै गणनाका लागि ३५ जना परिचालन गरिएको बताए ।

‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गे गणना सुरु गरिएको जानकारी गराउदै उनले गणनाका लागि मचानमा बसेर, फायरलाइनमा सवारीसाधन प्रयोग गरी तथा हात्तीको सहायताबाट गणना (अवलोकन) गरिने व्यवस्था मिलाइएको बताए । गणनाका लागि बाइनाकुलर, क्यामेरा, टेलिस्कोप, दूरबिन र ड्रोनको प्रयोग गरिने जानकारी गराउदै उनले दुर्गम तथा हिँडेर पुग्न नसकिने क्षेत्रमा तीनवटा हात्ती परिचालन गरिएको जानकारी गराए ।

फायरलाइनमा दुई वटा सवारीसाधन र चारवटा वटा मचानमा तीन–तीन जनाको प्राविधिक जनशक्ति खटाइएको उनले बताए । बिहान ६ देखि ९ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म गणना भइरहेको बताउदै उनले गणना वैशाख १२ गतेसम्म जारी रहने बताए । गणनाका क्रमा बाह्रसिङ्गाको सङ्ख्या एकिन गर्ने, बासस्थाको अवस्थाबारे अध्ययन गर्ने, आहार तथा जोखिमको मूल्याङ्कन गरिने सूचना अधिकारी वाग्लेले बताए ।

निकुञ्जको मझगाउँ मुख्य कार्यालय देखि करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसेमैदान नेपालकै सबैभन्दा ठूलो करिब ३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको घाँसेमैदानमा विश्वकै ठूलो झुण्डका रूपमा बाह्रसिङ्गे पाइने उनले जानकारी गराए । विक्रम संम्बत २०८१ सालमा गरिएको गणनामा दुई हजार १ सय ८२ वटा बाह्रसिङ्गा देखापरेको उनले जानकारी गराए । निकुञ्जका रेञ्जर प्रयास केसीले निकुञ्जमा बाह्रसिङ्गेको सङ्ख्या सन्तोषजनक बताए ।

पछिल्ला वर्षहरूमा मुख्य घाँसेमैदान बाहेक अन्य क्षेत्रमा पनि बाह्रसिङ्गा देखिन थालेको उनले बताए । संरक्षणका हिसाबले सकारात्मक सङ्केत भएको बताउदै उनले गणनालाई घाँसेमैदानमा मात्र सीमित नराखी बाह्रसिङ्गा पाइने सम्भावित अन्य क्षेत्रमा समेत विस्तार गरिएको बताए । बाह्रसिङ्गा बाघको प्रमुख आहार प्रजातिका रूपमा रहेको बताउदै उनले पर्याप्त आहार र उपयुक्त बासस्थान व्यवस्थापनका कारण निकुञ्जमा बाघको सङ्ख्या समेत वृद्धि हुँदै गएको बताए ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए