बैशाख ०८ डोटी । डोटीमा एक जना युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका वडा नम्बर–५ घोलतडा स्थित सेती नदीमा नुहाउने क्रममा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार बोहरा दिपायल सिलगढी नगरपालिका वडा नम्बर–५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए । उनको खोजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोलीले परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएको छ ।
Post Views: 4


