"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

No data was found

Khabar Raftar

बैशाख ०८ धनगढी । गोदावरी नगरपालिका वडा नम्बर–३ मुक्ति टोलमा लैंङ्गिकमैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ तथा सामुदायिक संवाद कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको आर्थिक तथा प्राविधिक सहयोगमा प्रोपब्लिक, गोदावरी नगरपालिका, सुशासन प्रवद्र्धनका लागि युवा तथा निड्स नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सार्वजनिक सेवासँग सम्बन्धित विभिन्न समस्या र जिज्ञासा प्रस्तुत गरेका थिए भने वडाका जनप्रतिनिधि तथा कर्मचारीले त्यसको जवाफ दिएका थिए । कार्यक्रममा अघिल्लो सार्वजनिक सुनुवाइमा उठाइएका विषयहरूको प्रगति समीक्षा गरिनुका साथै स्थानीयले आफ्ना समस्या र माग प्रत्यक्ष रूपमा राखेका थिए ।

कार्यक्रममा सहभागी राजमती चौधरीले कम पढेलेखेका नागरिकलाई सरकारी सेवा लिन अझै पनि कठिनाइ हुने ग रेको गुनासो गरेकी थिईन । उनले सेवा प्रवाहलाई सबैले सहज रूपमा बुझ्ने र उपयोग गर्न सक्ने बनाउनु पर्ने बताईन । साथै, छाडा चौपायाको समस्या विकराल बन्दै गएको बताउदै उनले यसको व्यवस्थापनका लागि गाईगोरुमा स्टिकर प्रणाली लागू गर्न सुझाव दिइन् ।

साहुनी चौधरीले छाडा चौपायाका कारण मुक्त कमैया शिविरमा तरकारी खेती जोगाउन कठिन भइरहेको बताइन् । त्यसैगरी पार्वती चौधरीले जनप्रतिनिधि र कर्मचारीसँग सम्पर्क गर्न समस्या हुने गरेको बताउदै फोन समेत नउठ्ने गरेको बताईन । सञ्जालकी अध्यक्ष पार्वती बोगटीले अघिल्लो वर्षको सार्वजनिक सुनुवाइमा प्रतिबद्धता जाहेर गरिएको कल्भर्ट निर्माण अझै सम्पन्न नभएको प्रति ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा सान्ती चौधरी र मञ्जु गैरालले पनि स्थानीय समस्याबारे आफ्ना धारणा राखेकी थिईन । कार्यक्रमको सहजीकरण निड्सकी परियोजना संयोजक सरिता थापाले गरेकी थिइन् । वडा सदस्य तारा कुमारी टमटा र सचिव लोकबहादुर सोतीले सहभागीका प्रश्नहरूको जवाफ दिएका थिए ।

वडा सदस्य टमटाले प्राप्त सुझावका लागि धन्यवाद दिँदै आगामी दिनमा सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको बताइन् । उनले जनताको सल्लाह र सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताईन । मुक्ति टोलका भलमन्सा दसीराम चौधरीले टोलमा हाल १ सय ३२ घरमुक्त कमैया परिवार बसोबास गर्दै आएको बताईन ।

२०५७ सालमा बसोबासको व्यवस्था गरिए पनि हालसम्म अधिकांशले जग्गाको रातो पुर्जा नपाएको बताउदै उनले सेतो पुर्जा भए पनि त्यसले व्यवहारिक काम गर्न नसकिँएको बताए । अधिकांश परिवार अझै पनि ज्याला मजदुरीमा निर्भर रहेको बताउदै उनले टोलमा करिब ३५ परिवार पहाडी समुदायको पनि बसोबास रहेको बताए । कार्यक्रममा मुक्ति टोलका ६० भन्दा बढी स्थानीय बासिन्दाको सहभागिता रहेको बताइएको छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए