"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

No data was found

Khabar Raftar

बैशाख ०८ अछाम । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले अछामको मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनु पर्ने निर्णय गरेको छ ।
सरकारी शिक्षा प्रणाली प्रति जनविश्वास अभिवृद्धि गर्दै गुणस्तर सुधार गर्ने लक्ष्य सहित जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरिएको हो ।

गाउँसभाको १८ औँ अधिवेशनको सोमबार सम्पन्न पहिलो बैठकले आगामी शैक्षिक सत्र २०८३ देखि गाउँपालिका अन्तर्गत यो प्रावधान लागू गर्ने निर्णय गरेको हो । निर्णय अनुसार मेल्लेख गाउँपालिकाका आठवटै वडाका जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक तथा अन्य पदाधिकारीहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्कबहादुर धामीद्वारा जारी सूचनामा उक्त व्यवस्था पालना नगरेमा निर्णय अनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँदले सामुदायिक विद्यालयको अवस्था सुदृढ गर्न र जिम्मेवार व्यक्तिहरूको ध्यान सरकारी शिक्षातर्फ केन्द्रित गर्न निर्णय गरिएको बताए ।

विद्यालयको शिक्षा सुधारका लागि अघि बढेको बताउदै उनले गाउँपालिकाको निर्णय पालना नगर्ने व्यक्तिलाई आवश्यक कारबाही देखि लिएर विकल्प खोज्ने प्रक्रिया समेत अघि बढाइने बताए । सरकारी सेवा–सुविधा लिने व्यक्तिहरूले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै पढाउँदा शिक्षक र व्यवस्थापन दुवै थप जिम्मेवार बन्ने र यसले शैक्षिक गुणस्तरमा सकारात्मक सुधार ल्याउने विश्वास गरिएको छ ।

गाउँपालिकाले निर्णय कार्यान्वयनका लागि शिक्षा, युवा तथा खेलकुद शाखा, सबै वडा कार्यालय तथा विद्यालयहरूलाई बोधार्थ पठाएको छ । साथै शैक्षिक सुधार अभियानमा सहयोग गर्न सबै सरोकारवालालाई अपिल गरिएको छ । यसअघि अछामकै तुर्माखाँद गाउँपालिकाले पनि यस्तै व्यवस्था लागू गरेको थियो । प्रारम्भिक चरणमा राम्रो प्रभाव देखिए पनि पछिल्ला वर्षमा यसको कार्यान्वयन कमजोर हुँदै गएको बताइएको छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए