"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

No data was found

Khabar Raftar

बैशाख ०८ धनगढी । कैलालीको टीकापुरका महिलाहरु बेमौसमी तरकारी खेतीमा आर्कषित भएका छन । टिकापुर नगरपालिकाको कृषि विकास शाखाको समन्वयमा दिगो विकास समाज भजनीले समुदाय सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजनाले कृषक अगुवा तालिम र प्राविधिक ज्ञान बारे जानकारी गराए पछि टीकापुरका महिलाहरु बेमौसमी तरकारी खेतीमा आर्कषित भएका हुन ।

टीकापुर नगरपालीका वडा नम्बर–१ सत्घरुवाका महिलाहरुले विपन्न वर्गका २३ जना महिलाहरुलाई छनौट गरी मिलिजुली कृषक समूह बनाएर तरकारी खेतीमा लागेका छन । उनीहरुले जीविको पार्जनका लागि सामूहिक रुपमा बेमौसमी तरकारीखेती गरेका हुन । विगतमा ज्याला मजदुरी गर्ने महिलाहरु समूहमा आबद्ध भएर १२ कट्ठा जमिन भाडामा लिई खेती गरिरहेका हुन । महिलालाई स्थानीय पालीकाको समन्वयमा तालीम दिईए पछि बेमौसमी तरकारीखेती सम्बन्धी ज्ञान भएको छ ।

अहिले उनीहरुको बारीमा काउली, टमाटर, खुर्सानी, भिन्डी, आलु लगायतका तरकारी लगाइएको छ । किसानलाई सिकाउने गरिएको तालीमकी प्राविधिक विद्यार्थी लक्ष्मी थारुले मङ्सिरमा रोपेको आलु बिक्रीका लागि तयार भएको बताईन । बेमोसमी तरकारीखेती गरिरहेका महिला किसानलाई सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थीले प्राविधिक सहयोग गरिरहेको उनले बताईन ।

प्राविधिकले फरक फरक तरिका र प्रविधिले खेती गर्दा कस्तो उत्पादन हुन्छ भनि अध्ययन भइरहेको र किसानलाई सिकाउने गरिएको प्राविधिक विद्यार्थी लक्ष्मी थारुले बताइन् । एउटै खेतीलाई पनि फरकफरक तरिकाले गरेर उनीहरुलाई सिकाइरहेको बताउदै उनले बाली संरक्षण, वातावरण संरक्षणसँगै बढी उत्पादन कसरी लिन सकिन्छ भनेर पनि सिकाइरहेको बताईन । महिलाहरु जीविकोपार्जनसँगै खेती गर्दा आइपर्ने विपद्बारे समेत सचेत भएको आशा चौधरीले बताइन् । मजदुरी गर्ने महिला आयआर्जनमा लागेपछि उनीहरुको जीवन सहज भएको उनले बताईन ।

अहिले उनीहरुले ज्यालादारी गर्न छाडेर बारीमै काम गर्ने गरेको बताउदै उनले घरबाटै तरकारी बिक्री हुने गरेको बताईन । खेतबारीमै आम्दानी लिन पाउँदा उनीहरु खुसी भएका छन् । किसान कृष्णी चौधरी लगायत उनका २३ जना छिमेकी साथीहरुले ज्यालादारी काम गर्ने गरेकोमा परियोजनाले जग्गा भाडामा लगेर तरकारीखेतीमा लगाए पछि अहिले तरकारी खेतीको आम्दानीले घर चलाउन, समस्या टार्न सहयोग भएको उनले बताइन् ।

दुई वर्षका लागि जग्गा लिजमा लगिदिएको बताउदै उनले खेती गरेर आम्दानी लिने गरेको बताईन । धेरै वर्ष कठिन श्रम ज्यालादारीमा समय बिताएको बताउदै उनले आम्दानी गर्ने विषयमा धेरै कुरा सिकेर तरकारीखेतीमै भविष्य देखेको बताईन । त्यसैगरी दशघरुवामा महिलाहरुले प्याजखेती समेत गरेका छन् । उनीहरुले गरेको प्याज अहिले बिक्रीका लागि तयार भएको  छ ।

किसान महिलाले अर्गानिक तरकारी उत्पादन गर्ने भएकाले बजारको समेत समस्या भएको छैन । उनीहरुले उत्पादन भएको तरकारी केही घरमै र बचेको कृषि हाट बजारमा बिक्री गर्ने गरेका छन् । स्थानीय पालिकाले अनुदान दिने, आवश्यक कृषि औजार, पोली हाउस लगायतका सामग्री दिए सहज हुने उनीहरुले बताएका छन ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए