"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

No data was found

Khabar Raftar

बैशाख ०८ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । २०८२ साद पौष महिनामा प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीको सरुवा भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भोजबहादुर ऐडीलाई खटाएको भए पनि ऐडी चैत्र महिनामा एक साता पनि नगरपालिकामा नबसेर फिर्ता भएर गए पछि बुढीगंगा नगरपालिका चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको हो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित भएको छ । नगर प्रमुख रामबहादुर बानियाँले करिब चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको बताए । कात्तिकबाट करार कर्मचारीको पनि म्याद नथप्ने निर्णय गरेको बताउदै उनले त्यसपछि धेरै जना कर्मचारी अख्तियारको निलम्बनमा परेको र त्यसमाथि अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलबभत्ता, सिफारिस लगायतका अत्यावश्यक सेवा प्रवाहमा ढिलाइ भइरहेको उनले बताए । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावका कारण कामकाज प्रभावित भएको स्थानीयले बताएका छन् । कर्मचारीहरूका अनुसार महत्त्वपूर्ण फाइल निर्णयको प्रतीक्षामा थन्किएका छन् भने विकास निर्माण सम्बन्धी काम समेत ठप्प भएका छन् । शैक्षिक सत्र सुरु भइसक्दा पनि सामुदायिक विद्यालयले पाठ्यपुस्तक खरिद गर्न सकेका छैनन् ।

पाठ्यपुस्तक खरिद बाफतको रकम नगरपालिकाले भुक्तानी नदिँदा समस्या भएको विद्यालयले जनाएका छन् । दुधिर आधारभूत विद्यालयकी प्रधानाध्यापक चन्द्रकला शाहले‘बिक्रेतालाई उधारोमा पाठ्य पुस्तक दिन भनेको बताउदै नगरपालिकाले रकम निकासा गर्न नसक्दा पाठ्यपुस्तक खरिदमा अन्यौल सृजना भएको बताइन् । चैत्र तेस्रो साता मन्त्रालयले पुनः बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा भोजबहादुर ऐडीलाई खटाए पनि हालसम्म हाजिर नभएको नगर प्रमुख बानियाँले जानकारी गराए ।

चार महिना देखि अधिकृत नहुँदा कर्मचारीहरूले तलब समेत नपाएको बताउदै उनले योजना सम्झौता लगायत प्रशासनिक काम प्रभावित भएको बताए । नगर प्रमुख बानियाँले दुर्गम भनेर धेरै जना कर्मचारी आउनै नमान्ने र आए पनि टिकाइराख्न चुनौती रहेको बताए । त्यस्तै, चार महिना देखि अधिकृतविहीन नगरपालिकामा धेरैजसो शाखाका कर्मचारी निलम्बनमा हुँदा झन् समस्या भएको स्थानीयले बताएका छन् ।

नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्कामा भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख सहित कर्मचारीहरू विरुद्ध मुद्दा दर्ता गरेपछि पालिकामा कार्यरत ७ जना कर्मचारी निलम्बनमा परेका थिए । त्यसैगरी महिनौँसम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीको अभावले पालिका र वडामा सेवा प्रवाह समेत प्रभावित भएको छ भने केही स्वास्थ्य संस्था समेत बन्द भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि हारगुहार गरे पनि अहिले सम्म व्यवस्थापन नभएको जानकारी गराएको छ ।

भर्खरै

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता
टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित
धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या
डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु
बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन
गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ
दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने मेल्लेख गाउँपालिकाको निर्णय

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seti-pul-tamori

सेती नदीमा नुहाउने क्रममा एक जना युवक बेपत्ता

1000791e-b61c-4cbf-8f96-b7e8a0f4a6a0

टीकापुरका महिलाहरु सामूहिक तरकारी खेतीमा आकर्षित

Death-body-900px

धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या

Death-body-900px

डडेल्धुरामा भिरबाट लडेर एक जना महिलाको मृत्यु

bde54539-1cdb-4ccb-a846-be6de34d471e

बुढीगंगा नगरपालीका चार महिना प्रमुख प्रशासकिय अधिकृत विहिन

1

गोदावरी नगरपालीका वडा नम्बर– ३ मुक्तिमा सार्वजनिक सेवा विषयक सार्वजनिक सुनुवाइ

darchula-bidut

दार्चुलाका २२ हजार पाँच सय घरधुरीमा विद्युतिकरण

cropped-cropped-khabar-raftar-2.png

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २७ हजार ८ सय ३९ जनाले सेवा लिए