कुनै पनि धर्मले कसैलाई सानो ठुलो भन्दैन र बनाउदैन पनि । तर मान्छेले मान्छेलाई छुदा पनि पानी छर्केर चोख्याउने समाजमा अहिले पनि विभेद कायम छ । सानो ठुलो उचनिचको भावना जीवित छ । भनिन्छ ”अहिंसा प्रमो धर्म “ अर्थात कसैले कसैलाई नमार्नु नै धर्म हो, दुःख कष्ट नदिनु नै धर्म हो । यदि त्यसो हो भने धर्मको अर्थ नै बदल्नु पर्ने हो की भन्ने प्रश्न खडा हुन सक्छ । किनकी आज दैनिक हत्या, हिंसा, लुटपाट बढ्दै गएका छन् ।
सानो–सानो स्वार्थका कारण मान्छेले मान्छेलाई मार्ने जातीय, भेगिए र लैङ्गिक रुपले भेदभाव र विभेद गर्ने कार्य बढ्दो छ । साथै एक धर्मले अर्को धर्मको खेदो खन्य कार्य पनि बढी रहेको छ । हुन त कुनै धर्मले नराम्रो गर भन्दैन सबैलाई थाहा भएकै कुरा हो । धर्ममा आश्रीत ब्यक्तिहरुले गरेका गल्तीलाई धर्मसंग जोडेर तिकडम मचाउने संस्कार हावी भएको छ । अरुको शरीरको जुम्रो देख्ने र आफ्नो शरीरको भैसी नदेख्ने संस्कारको विकास भएको छ ।
नेपाल धर्म निरपेक्ष राष्ट्र हो । सबैले आफूले चाहेको धर्म मान्न पाउने अधिकार पनि सुरक्षित छ । कसैले जबर जस्ती धर्म परिवर्तन गराउन पनि सक्दैन । गरीहालेपनि त्यो टिकाउ हुन सक्दैन । जबरजस्ती धर्म परिवर्तन गराउन सकिदैन भन्ने कुरा बुझ्न जरुरी छ । जबर जस्ती धर्म परिवर्तन गराउने कार्यका पछि नलागी धर्मका नाममा भ्रम छर्ने काम बन्द गर्नु पर्छ ।
किनकी विचार मन भित्रबाटै पलाउनु पर्छ । जबरजस्तीले नत धर्म परिवर्तन गराउन सकिन्छ । नत विचार उत्पादन गर्न सकिन्छ । विचार मन नपरे पछि स्वभबतह मान्छेले धर्म परिवर्तन गर्नु स्वभाविक हो । भारतका संविधान विद भारत रत्न डा. बाबा साहेब अम्बेडकरले पनि हिन्दु धर्म परित्याग गरेर वौद्घ धर्म अपनाएका थिए । एक मात्र हिन्दु राष्ट्रका नामले चिनिने नेपालमा अहिले बहु संख्यक धर्महरु मानिदै आएका छन् । ति सबैलाई जबरजस्ती धर्म परिवर्तन गएका हुन् भन्न सकिन्न ।
दुखिको साहारा भोकाको आहारा बन्दै गरीबीको निकास दिने काम कसैले गर्छ भने उसलाई समर्थन गर्नु स्वभाविक हो । नेपालमा गरीवीको संख्या धेरै छ । अझै विहान वेलुका हातमुख जोर्न नपाउने परिवार पनि छन् । भोकालाई खाना दिने र सहारा दिनेलाई सहयोग गर्नु पनि स्वभाविक हो । धर्म विभेदकारी भए परिबर्तन स्वभाविक हो ।

