सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकिय स्थलहरुले नया“ आशा र सम्भावनाको ढोका खोलेको छ । खासगरी कैलाली र कञ्चनपुर जिल्लामा पर्यटनले पछिल्ला वर्षहरूमा नया“ आशा र सम्भावनाको ढोका खोलेको हो । आमपानी झरना, घोडाघोडी ताल, लोहटीवा ताल, शोभाताल देखि शुक्लाफा“टा राष्ट्रिय निकुञ्जसम्म फैलिएका प्राकृतिक गन्तव्यहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ ।
पर्यटनको सबैभन्दा ठूलो उपलब्धि स्थानीय समुदायको जीवनशैलीमा परिवर्तन आउनु हो । होटेल, होमस्टे, फोटोग्राफी, घोडसवारी, डुङ्गा सयर जस्ता गतिविधिले युवाहरूलाई आफ्नै गाउ“मा रोजगारी दिएको छ । विदेश पलायनको विकल्पका रूपमा पर्यटनलाई लिन सकिने अबश्था आएको छ । त्यसैले पर्यटनको संरक्षण र सम्बदर्न गर्न जरुरुी छ । केवल आम्दानीको स्रोतका रूपमा मात्र हेर्ने प्रवृत्तिले समस्या उत्पन्न गरेकाले पर्यटकिय क्षेत्रको विकासमा पनि जोड दिन जरुरी छ ।
पर्यटनको विकास गर्न सके यसले स्थानीयको आय आर्जनमा समेत टेवा पु¥याउने भएकाले स्थानीय तह र नागरिकले पर्यटकिय क्षेत्रको विकासमा लाग्न जरुरी छ । प्रकृति र समुदायलाई केन्द्रमा राखेर दिगो लाभ लिन सकिने भएकाले पर्यटनमा लगानी बढाउन जरुरी छ । सरकारका तीनै तहले पर्यटनलाई विकासको अवसरका रूपमा मात्र लिनुका साथै संरक्षण र सम्बर्दन गर्न पनि जरुरी छ ।
स्थानीय प्रकृति, जैविक विविधता र संस्कृतिको संरक्षण गर्नु पर्यटनको विकास गर्नु हो । स्पष्ट नीति, मापदण्ड अनुसारका गतिविधि, नियमित अनुगमन र स्थानीय समुदायको सक्रिय सहभागिता बिना पर्यटन दिगो बन्न नसक्ने भएकाले यसतर्फ सक्रीय बन्न जरुरी छ । संरक्षण र प्रबर्दनलाई पहिलो प्राथमिकता दिदै सामाजिक, आर्थिक र वातावरणीय सन्तुलन कायम गर्न सकिने गरी पर्यटनको विकास आजको आवश्यकता भई सकेको छ ।
सुदूरपश्चिम प्रदेशका जैविक विविधता जोगाउनुका साथै आर्थिक समृद्धिको बलियो आधार बन्न गएका पर्यटकिय क्षेत्रको समग्र विकास अपरिहार्य छ । नीति, योजना बनायर कार्यान्वयनमा लैजान सकेको खण्डमा सुदूरपश्च्मि प्रदेशको आर्थिक क्षेत्रमा उल्लेख्य परिबर्तन आउन सक्ने भएकाले पर्यटन क्षेत्रको विकास र प्रबर्दन गर्न जरुरी छ ।

