स्थानीय सरकारका प्रमुखहरुले सरकारी साधन स्रोतको दुरुपयोग गर्दे आएका छन । योजना देखि लिएर सरकारी गाडी र ईन्धनको दुरुपयोग हुदै आएको छ । पालीकामा जसको सरकार छ उसका नेता कार्यकर्ताहरुले मोजमस्ति गर्दै आएका छन । जसका कारण पालीकामा बेरुजु खर्चको चाङ लाग्ने गरेको छ । हरेक पालीकामा भएका सरकारहरुले अर्थात सरकारको नेतृत्व गरेकाहरुले आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई योजना र इन्धन वितरण गर्ने कार्य हुँदै आएका छन ।
गाउपालीकामा मात्र नभएर हरेक क्षत्रमा ईन्धन खर्च बढी हुने गरेको छ । पुजीगत खर्च भन्दा इन्धन खर्चमा गाउपालीकाले बढी प्राथमिकता दिने गरेको पाईएको छ । पूजीगत खर्च एकदमै न्यून हुदा ईन्धन खर्च बढी देखिनुले पनि कार्यकर्ता पोष्ने काम हुने गरेको पुष्टि गरेको छ । यसरी मनमानी वितरण गरिने ईन्धन चारैतीर हुनेगरेको देखिएको छ । त्यसैले यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
सरकारी कार्यालयको बजेट कार्यकर्ता पोष्ने नभई जनताको सेवा गर्ने भएकाले सरकारी रकमको दुरुपयोग रोक्न जलरुरी छ । अहिले जताततै सरकारी रकमको दुरुपयोग हुदै आएकाले यसलाई रोक्न जरुरी छ । त्यसैगरी योजनहरु पनि कार्यकर्तामुखि बनाईएका छन । ईन्धन खर्च कार्यकर्ता पाल्न नभइ विकासका लागी प्रयोग गर्न जरुरी छ । योजनाहरु पनि जनताका लागी हुन जरुरी छ । ईन्धनको नम्मा हुने भ्रष्टाचार रोक्न जरुरी छ ।
सरकारी कार्यालयको ईन्धन मनपरी बाड्नु मनासिव नभएकाले त्यसलाई रोक्न जरुरी छ । जनताको श्रम पसिनाले आर्जेको रकम दुरुपयोग हुन नदिन सबै सचेत हुन जरुरी छ । स्थानीय सरकारमा आएका राजनैतिक दलका नेताहरुले कार्यकर्तालाई खुसी पार्न सरकारको सम्पती दुरुपयोग गर्नु हुदैन भन्ने चेतनाको विकास गर्न जरुरी छ । कार्यकर्ता पाल्न ईन्धन खर्च गर्ने कार्य बन्द गर्न जरुरी छ । स्थानीय स्रोत साधनको दुरुपयोग नगरी सदुपयोग गर्न आवश्यक छ ।

