दुर्गम बस्तीका बासिन्दालाई सरकारी सेवालीन समस्या हुने गरेको विषयमा केन्द्रित रहेर सरकारले ईलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । जसले गर्दा जनताले राहात पाउने भएका छन । सरकारी सेवालीन सदरमुकाम पुग्नुु पर्ने भएकाले जनताले दुख पाउदै आएका थिए । जसका कारण दुर्गम बस्तीका बासिन्दालाई समस्या हुने गरेको थियो । त्यसैले इलाका प्रशासन कार्यालय स्थापनाको माग हु“दै आएको थियो । सुदूरपश्च्मि प्रदेशका ६ वटा जिल्लामा पनि इलाका प्रशासन कार्यालय, स्थापना हुने भएका छन ।
२३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले प्रशासन समितिमा पठाए पछि प्रशासन समितिले कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ । बाजुराको कोल्टी, बझाङको देउरा, अछामको साफेबगर, डोटीको विपिनगर, दार्चुलाको गोकुलेश्वर र बैतडीको मेलौलीमा ईलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । बाजुराको हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा लगायतका पालिकाका स्थानीयलाई अब सहज हुने भएको छ ।
त्यसैगरी अछामको साफेबगरमा ईलाका प्शासन कार्यालय स्थापना भए पछि चौरपाटी गाउ“पालीका,मेल्लेख गाउ“पालीका र बान्नीगढी जयगढ गाउ“पालीकाका स्थानीयलाई सहज हुने भएको छ । नागरिकता, पासपोर्ट, राहदानी लगायतका विभिन्न सरकारी काम काजका लागि सदरमुकाम आवत जावत गर्नुपर्ने स्थानीयको समस्याको अन्त्य हुने भएको छ । गाडीको सुविधा भए पनि लामोे समय लगाएर सदरमुकाम पुग्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
स्थानीयलाई नागरिकता बनाउन देखि अन्य सेवा लिन सहज हुने भएकाले समय र पैसाको समेत बचत हुने भएको छ । आर्थिक भार पनि कम हुने र सेवा पनि सहज रुपमा पाउने भएकाले स्थानीय खुसी भएका छन । खासगरी गरिव तथा विपन्नहरुलाई सहज हुने भएको छ । पैसा नभएकै कारण नागरिकता पाउनबाट वञ्चित भएका सर्बसाधरणले सहज रुपमा सेवा पाउने भएका छन । सरकारको असल कार्यको स्वागत गर्न जरुरी छ ।

