"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

No data was found

Khabar Raftar

मंसिर १७ धनगढी । अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । बुधबार“अपाङ्गता समावेशी समाजको प्रवद्र्धन ः सामाजिक उन्नतिको सम्बद्र्धन” भन्ने मूल नारा सहित धनगढीमा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको हो । शिक्षा, समावेशिता, विपद व्यवस्थापन र अपाङ्गता मानव अधिकार जस्ता महत्वपूर्ण विषयमा बहुपक्षीय अन्तरक्रिया तथा छलफल गरी अपाङ्गता दिवस मनाईएको हो ।

अपाङ्गता दिवसको अवसरमा १४ गते देखि १७ गते सम्म विभिन्न प्रतियोगिता गरिएको कार्यक्रम संयोजक नन्दराज भट्टले जानकारी गराए । बुधबार औपचारिक कार्यक्रमको आयोजनागरी प्रतियोगिताका विजेताहरुलाई पुरस्कार सहित सम्मान पत्र वितरण गरिएको उनले जानकारी गराए ।

त्यसैगरी कार्यक्रम्मा तीन जना सञ्चारकमीलाई सम्मान गरिएको छ । नेपाल टेलिभिजनका धनगढी संवाददाता तथा स्टेट सेभेनकर्मी दिनेश बिष्ट , सुदूरपश्चिम टाइम्सका सञ्चालक रमेश ऐडी र बी प्लस मिडियाकर्मी सुरज रानालाई धनगढीमा आयोजित अपाङ्ग दिवसको अवसरमा सम्मान गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सभाका सांसद तथा सामाजिक विकास समितिका सदस्य धर्मराज पाठकले अपाङ्गता भएका व्यक्तिहरुको सम्मानजनक जीवन, सबै क्षेत्रमा पहुँच, समावेशी शिक्षा र विपदमा उनीहरूको सुरक्षा सुनिश्चित गर्न राज्य, समुदाय र संस्थाबीच सहकार्य आवश्यक रहेको बताए । आफुले पटक पटक आवाज उठाए पनि नीतिगत रुपमा अगाडी नबढेको उनले बताए ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी संघ संस्थाहरुलाई कार्यक्रम संयोजक नन्दराज भट्टले धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी कैलालीको अत्तरियामा पनि ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । बुधवार गोदावरी नगर स्तरीय अपाङ्ग कार्य सञ्जालले दिवसका अवसरमा प्रभात फेरी कार्यक्रम, सरसफाइ कार्यक्रम, औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो ।

दिवसको अवसरमा बिहान सञ्जालले अत्तरियामा रहेको सुप समावेशी विद्यालयको प्राङ्गण देखि अत्तरिया चोक परिक्रमा गरेर प्रभात फेरीको आयोजना गरेको थियो । प्रभात फेरी कार्यक्रममा ‘अपाङ्गता भएका व्यक्ति माथि हुने विभेद अन्त्य गर, अपाङ्गता भएका व्यक्तिको समान सहभागिता कायम गर, अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर, अपाङ्ग मैत्री संरचना निर्माण गर लगायतका नारा लेखिएका प्लेकार्डहरु सहभागीहरुले बोकेका थिए ।

प्रभात फेरी कार्यक्रम अत्तरिया बसपार्कमा पुगेर सरसफाइ कार्यक्रममा परिणत भएको थियो । अपाङ्गता भएका व्यक्तिले पनि अरू सरह सामाजिक काममा योगदान दिन सक्छन् भन्ने सन्देश दिन सरसफाइ कार्यक्रम गरिएको सञ्जालका नगर अध्यक्ष लक्ष्मण विकले बताए । दिवसको अवसरमा सुप समावेशी स्कुलमा औपचारिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

प्रदेश सांसद तुलसी देवकोटाको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा अपाङ्गता भएकाहरूको हक अधिकारका सवालमा बहस गरिनुका साथै अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने ४ जनालाई सम्मान गरिएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम. प्रदेशका निवर्तमान अध्यक्ष, गोदावरी नगरपालिका वडा नम्बर–२ का वडा सदस्य डबल साउँद, पुस्पा रोकाया र सुप समावेशी स्कुललाई सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको २ सय मिटर ह्विलचियर दौड, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला कार्यक्रमका विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । दिवसको पूर्वसन्ध्यामा सञ्जालले मंगलबार साँझ दीप प्रज्वलन पनि गरेको थियो । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउने गरिएको छ ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा