"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

No data was found

Khabar Raftar

बैशाख १७ धनगढी । टीकापुर नगरपालिकाका सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा रहेको देखिएको छ । अधिकांसले प्राईभेट विद्यालयमा आफ्ना बालबालिका पढाउने गरेका कारण सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा रहेको देखिएको हो । टीकापुर नगरपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय माध्यामीक विद्यालय बेलुवामा शैक्षिक सत्र २०७७ मा कक्षा १ मा ५३ जना बालबालिका भर्ना भएकोमा २०८२ मा पुग्दा २१ जना मात्रै भर्ना भएका    थिए ।

त्यसैगरी वडा नम्बर ७ स्थित जनता राष्ट्रिय माध्यामीक विद्यालयमा २०७९ सालमा कक्षा १ मा ४० जना भर्ना भएकोमा २०८० मा १८ जना, २०८१ मा १७ जना र २०८२ मा आठ जना मात्रै भर्ना भएका थिए । वडा नम्बर ८ स्थित त्रिभुवन माध्यामीक विद्यालय बटनपुरमा २०७७ सालमा कक्षा १ मा २५ जना भर्ना भएकोमा २०८१ मा नौ जना र २०८२ मा आठ जना विद्यार्थी मात्रै भर्ना भएका थिए ।

विद्यालय भर्ना हुने बालबालिकाको सङ्ख्या घट्दो क्रममा हुनु चिन्ताको विषय बनेको छ । सरकारी विद्यालय अभिभावकको रोजाइमा पर्न नसक्दा विद्यार्थी भर्ना बर्षेनी ओरालो लागेको अभिभावकले बताएका छन । टीकापुर नगरपालिका वडा नम्बर–९ की सीता दहितले सरकारी विद्यालयमा केही शिक्षक निकै सक्षम र राम्रा भए पनि अभिभावक निजी विद्यालयतर्फ आकर्षित भएको बताईन ।

सरकारी शिक्षक, कर्मचारीका बालबालिका निजी विद्यालयमा पढ्नु, शिक्षककै लगानीमा नजिकै निजी विद्यालय खोलिनु जस्ता कारणले पनि सरकारी विद्यालयमा भर्नादर घट्दै गएको उनले बताईन । त्यसैगरी वडा नम्बर ७ की रानी चौधरीले पनि प्रावि तहमा पढाउने पुराना शिक्षकले मेहनत नगर्ने भएकाले छोराको पढाइ नबिग्रियोस् भनेर टाढाको निजी स्कुलमा पठाउन लागेको बताईन ।

सरकारी विद्यालयमा आधारभूत तहसम्म निःशुल्क शिक्षा, छात्रवृत्ति, कक्षा ५ सम्म दिवा खाजा जस्ता कार्यक्रम भए पनि विद्यार्थीको आकर्षण बढ्न नसकेको उनले बताईन । त्यसैगरी श्रीपाल चौधरीले सरकारी विद्यालयमा निःशुल्क पनि नपढाउने तर निजी विद्यालयमा चर्को शुल्क तिर्न तयार हुने अभिभावकका कारण शिक्षा महँगो भएको बताए । टीकापुर नगरपालिका वडा नम्बर–६ स्थित राष्ट्रिय माध्यामीक विद्यालय बेलुवामा शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि १० सम्म भर्ना भएका ३४ जना १२ प्रतिशत विद्यार्थी वर्षको अन्तिममा हुने परीक्षामा सहभागी नभएको उनले बताए ।

त्रिभुवन माध्यामीक विद्यालय बटनपुरमा नौ प्रतिशत र सेतीमैयाँ चौधरी माध्यामीक विद्यालयमा सात प्रतिशत विद्यार्थी अन्तिम परीक्षामा सहभागी नभएको उनले जानकारी गराए । त्रिभुवन माध्यामकि विद्यालय बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायतले बालबालिका अभिभावकसँगै मजदुरीका लागि देशभित्रै र भारत जाने, बर्खा, दशैँ तथा परीक्षा पछिका बिदामा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी काम गर्न जाने, पैसा कमाउने लोभमा विद्यालय छाड्ने वा ढिलो आएर पढाइ छुट्दा परीक्षा नदिने गरेको बताए ।

विद्यार्थीले बिचमा नै कक्षा छाड्ने कारण खोज्दा लागुऔषधको कुलतमा फसेका, रोजगारीका लागि अभिभावकसँगै बाहिरिएका बालबालिकाले विद्यालय छाड्ने गरेको पाईएको उनले बताए । प्रधानाध्यापक कठायतले यस वर्ष विद्यालयले साना बालबालिकाका लागि निःशुल्क अटोरिक्सा सेवा सुरु गरेको बताए । आउँदो वर्षका लागि अभिभावक साथमा नभएका बालबालिकालाई आवासीय शिक्षा दिने तयारी पनि गरिरहेको उनले जानकारी गराए ।

जनता राष्ट्रिय मायामीक विद्यालय सोनाहाफाँटाका प्रधानाध्यापक किरण धितालले कुनै विद्यार्थी अनुपस्थित भएमा आफूसहित कक्षा शिक्षक विद्यार्थीका घरमा पुगेर अवस्था बुझ्न थालेपछि एक वर्षमा चार जना विद्यार्थीले मात्रै विद्यालय छाडेको पाईएको बताए । दुई जना काम गर्न, एक जना बसाइँसराइ र एक जनाको बिहे भएकाले गाउँमै नरहेको उनले बताए ।

टीकापुर नगरपालिका वडा नम्बर–९स्थित सेतीमैयाँ चौधरी माध्यामीक विद्यालयमा २०७३ सालमा कक्षा १ मा भर्ना भएका २९ जना बालबालिकालाई पछ्याउँदा २०८२ सालमा एसइई दिने नौ जना मात्रै पुगेका छन् । बाँकी २० जनाले बिचैमा विद्यालय छाडेको प्रधानाध्यापक पतिराम चौधरीले बताए । सरकारले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क गर्दै २०८५ सालसम्म कक्षा ८ सम्मको शिक्षा पूरा नगर्नेलाई सम्पूर्ण सरकारी सेवाबाट वञ्चित गर्ने कठोर नीति लिएको छ ।

टीकापुर नगरपालिकाले २०८२ साल पौषमा एक सय जना शिक्षक परिचालन गरी छ देखि १२ वर्षसम्म विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गर्दा सात जना अपाङ्गता भएका सहित ४० जना बालबालिका मात्रै विद्यालय बाहिर रहेको पाईएको नगरपालिकाका शिक्षा अधिकृत बिना पौडेलले बताए ।

नगरपालिकाका तर्फबाट गर्न सकिने सबै पहल भइरहेकाले विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीको पनि भूमिका रहेको पौडेलले बताए । टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले पनि खान, लाउन र स्टेसनरी अभावमा कुनै पनि बालबालिकाले विद्यालय छाड्नु नपर्ने बताउदै शैक्षिक सुधारका लागि शिक्षक र अभिभावकको सहयोग चाहिने बताए ।

कतिपय विद्यालयमा विद्यार्थी घटेर न्यून भए पनि शिक्षकको सङ्ख्या धेरै रहेको छ । पालिकाले यस्ता शिक्षकलाई विद्यार्थी बढी भएका पालिका भित्रका अन्य विद्यालयमा पठाउन खोज्दा शिक्षा ऐनमा पालिकाले सरुवा गर्ने व्यवस्था नभएको भन्दै अदालतले रोक लगाउने गरेका कारण समस्या भएको छ ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा