बैशाख १७ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढितोलामा विहीबार बाट बुढितोला पर्यटन महोत्सव सुरु भएको छ । बुढीतोला क्षेत्र पर्यटन प्रर्वद्धन तथा बजार व्यवस्थापन समितिले आयोजना गरेको बुढितोला पर्यटन महोत्सव बुढीतोलामा सुरु गरेको हो ।
महोत्सवको एक औपचारिक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको सिथयो । महोत्सवको समुद्घाटन अघि बुढितोला बजारमा प्रभात फेरि निकालिएको थियो । उक्त प्रभातफेरिमा हुड्केली, सहनाइ लगायतका मौलिक बाजाहरु बजाइनुका साथै गौरा पनि निकालिएको थियो ।
Post Views: 3


