"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

No data was found

Khabar Raftar

बैशाख १७ कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४ सय ६० जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न हुनुका साथै अदालत र जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना गरी फरार रहेका एक हजार ४ सय ६० जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले चालु आर्थिक बर्षको नौ महिना चैत्र मसान्त सम्म एक हजार ४ सय ६० जना फरार प्रतिवादीलाइ पक्राउ गरी कारागार चलान गरिएको बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा सबैभन्दा बढी कैलालीबाट ७ सय ३२ र तराईको अर्को जिल्ला कञ्चनपुरबाट ४ सय १० जनालाई पक्राउ गरिएको छ ।

प्रवक्ता विष्टका अनुसार प्रदेशको डडेल्धुराबाट १ सय १, डोटीबाट १२, अछामबाट ४३, दार्चुलाबाट ७३, बैतडीबाट नौ, बझाङबाट ५८ र बाजुराबाट २२ जना फरार प्रतिबादीलार्ई पक्राउ गरिएको हो । लामो समय देखि कैद सजाय भएका फरार प्रतिवादीलाई पक्राउ गर्न नौवटै जिल्लामा प्रहरी टोली परिचालित गरिएको बताउदै उनले जेजनी आन्दोलनका बेला कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न पनि प्रहरी सबैतिर सक्रिय भएको बताए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका कारगारबाट कुल एक हजार ४ सय ५८ जना कैदीबन्दी फरार भएको प्रवक्ता विष्टले जानकारी गराए । तीमध्ये एक हजार १ सय २० जनालाई पक्राउ गरिएको बताउदै उनले तीन सय ३८ जना अझै फरार रहेको बताए । कारागारबाट भागेका अधिकांश कैदीबन्दी भारत गएर लुकेर बसेको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

कञ्चनपुरमा प्रहरीले फरार प्रतिबादी पक्राउ गर्न विशेष अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले एक सातायता ७६ जना फरार प्रतिवादी पक्राउ गरिएको बताए । “पक्राउ गरिएका मध्ये अधिकांश लागुऔषध मुद्दाका भएको उनले बताए ।

भर्खरै

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
बुढितोला पर्यटन महोत्सव सुरु
समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी
सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा
सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा १ हजार ३ सय ४० किलोमीटर सडक बनायो
शुक्लाफाँटा निकुञ्जमा ६ महिनाको अबधीमा दुई हजार ६ सय ३४ जना पर्यटकले भ्रमण गरे

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-04-30-at-17.05.53-1024x472

एमआरपी अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार कार्यालयहरू प्रायःठप्प

death-pt2023-05-03-08-12-06

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

IMG-20260430-WA0033

बुढितोला पर्यटन महोत्सव सुरु

ee70273c-a627-42de-86bd-85cad3f8cffa

समर्थन मूल्य भन्दा बढीमा गहुँ बेच्न पाउँदा कैलालीका किसान खुसी

8b332644-ac44-4ada-a89a-4eadaf365041

सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्षेनी घट्दो क्रममा

pakrau

सुदूरपश्चिम प्रदेशमा नौ महिनाको अबधीमा १ हजार ४ सय ६० जना फरार प्रतिबादी पक्राउ

pakrau-1

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

बैतडीमा ८ सय ६५ रोपनी वन क्षेत्र अतिक्रमणको चपेटामा