असोज २२ धनगढी । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।
जिल्ला प्रहरी परिसर, कैलालीमा पुगेर अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले जाहेरी दिएका हुन् । उनले दिएको जाहेरी दर्ता हुन भने बाँकी छ । अखिलले बालेन र गुरुङविरुद्ध देशभरि जाहेरी दिने बताएको छ ।
बुधबार देखि सबै जिल्लामा किटानी जाहेरी दिने अनेरास्ववियुले जनाएको छ । यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दर्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टा भित्र जवाफ दिने बताएको थियो ।
Post Views: 109


